भारतमा एक करोड बढी कोरोना संक्रमित, डेढ लाखको मृत्यु
नयाँदिल्ली: भारतमा पछिल्लो बिहीबारसम्ममा कोरोना भाइरसका कारण डेढ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ । साथै एक करोड सात लाख २० हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित देखिएपछि सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार ४८ पुगेको छ । र मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघिसकेको छ ।
तर झण्डै एक करोड चार लाख मानिस कोरोनामुक्त भएको सरकारी तथ्यांक छ । साथै एक लाख ७० हजार भन्दा धेरै सक्रिय संक्रमित रहेक बताइएको छ ।