बैकुण्ठपुरी संग्राहलयमा नयाँ पुस्ताले नदेखेका सामाग्री

बैकुण्ठपुरी संग्राहलयमा नयाँ पुस्ताले नदेखेका सामाग्री

सन्धिखर्क : पत्रकार निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका वडा नम्वर ४ वांगलामा बैकुण्ठपुरी संग्राहलय स्थापना भएको छ।  वांगलाको आमडाँडामा स्थापित संग्राहलयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुडा तथा प्रयोग गर्ने सामानहरु राखिएको छ। 

पहिला बाबु बाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामाग्रीहरु उक्त संग्राहलयमा रहेका छन्।  कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी आदि छन्। 

उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो, खेतवारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पल, घ्यु राख्ने काठको हर्पे, पुराना भरुवा बन्दुक, हातले बनाएका छालाका जुत्ता लगायतका बस्तुहरु संग्राहलयको मुख्य आकर्षणको रुपमा रहेको पत्रकार नीमबहादुर रिजालले बताए। 'बाबु बाजेले प्रयोग गरेका पुराना बस्तुहरुको लोप हुन थालेको र भावी पुस्तालाई सो कुराको जानकारी समेत नहुने भएकाले संग्राहलय बनाएर पुराना बस्तुहरु संकलन गरिएको हो', पत्रकार रिजालको भनाइ छ। 

पानी आउँदा ओढुने सिउ, धर्मशालामा राखिने घैंटो, भजनमा बजाउने खैजडु, डाला, सुपा , तमाखु खान प्रयोग गरिने, हुक्का, चिलिम, पुराना टेपरेकर्ड, भोटे ताल्चा, दाउ, बाँसको काँगियो लगायतका थुप्रै वस्तुहरु संग्राहलयमा छन्।  

कला सस्कृति लोप हुँदै गएका हरेक संरचनालाई संरक्षण गर्दै बनाएको संग्रालय अर्घाखाँचीको प्रमुख पर्यटकीय स्थल बन्न सक्ने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको भनाइ छ। यस्ता खालका ऐतिहासिक संरचना निर्माण गर्ने संघ सस्थालाई सरकारले पनि आर्थिक सहयोग गरेर प्रोत्साहन गनु पर्ने उनले बताए। 

बैकुण्ठपुरी आगामी पुस्ताका लागि सिकाइ स्थल बन्न सक्ने छ। आजका पुस्ताले नदेखेका सामाग्री हेर्न र मानव सभ्यताको विकासका चरणको अवलोकन गर्न महत्वपूर्ण भूमिका यस संग्रालयले गर्ने छ। यसलाई पर्या पर्यटनको रुपमा विकास गरी पर्यटकीय स्थल समेत बनाउन सक्ने डिभिजन वन कार्यलय प्रमुख मोहन श्रेष्ठले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.