‘सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं’

‘सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं’

धनगढी : नेकपाको एक खेमाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिने बताएका छन्।  ‘नेकपा, कांग्रेस र मधेसवादी दलहरू मिलेर ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिन्छ’, आफू नेतृत्वको पार्टीको सुदूरपश्चिम कमिटीले शनिबार धनगढीमा आयोजना गरेको बृहत् विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘तर, हामी सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं।’ दाहालले सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याता भएकाले सही फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए।

उनले सम्बोधनको सुरुमै अर्का अध्यक्ष माधवकुमार नेपालसँगको मित्रताबारे उल्लेख गरेका थिए। ‘तपाईंहरूलाई लाग्दो होला, प्रचण्ड र माधव नेपालको दोस्ती भर्खरै भएको हो। यिनको चिनजान पनि भर्खरै भएको हो’, उनले भने, ‘त्यसो सोच्नुभएको छ भन त्यो गलत हो। हाम्रो दोस्ती ४० को दशकदेखि हो।’

उनले लोकतान्त्रिक गणतन्त्रको आन्दोलन, जनयुद्धका बेला आफ्नो सबैभन्दा बढी भटेघाट र संवाद हुने व्यक्ति नेपाल भएको बताए। ‘जनयुद्धका बेला पनि हामीबीच सबैभन्दा बढी संवाद हुन्थ्यो, भेटघाट हुन्थ्यो’, उनले भने, ‘त्यसको परिणाम नै १२ बुँदे हँुदै लोकतान्त्रिक गणतन्त्रका लागि आन्दोलन र त्यसपछि संविधान बन्यो।’

उनले नेपाललाई ओलीले जहिले पनि हेपेको आरोप लगाए। ‘यसरी कसरी पार्टी चल्थ्यो ?’, उनले भने, ‘म बालुवाटार गएको देखेर धेरैलाई रिस पनि उठ्यो होला। बिहान बालुवाटार, बेलुकी बालुवाटार, तर केपी ओली बालुवा हुनुहुँदो रहेछ। बालुवा पेलेर तेल निस्किँदैन भन्ने कुरा बुझें।’

आलोपालोअनुसार विरोधसभामा प्रमुख अतिथि रहेका अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीको पतनको बाटो सुरु भएको बताए। ‘ओलीको पतन निश्चित रहेको कुरा तपाईंहरूको उपस्थितिले देखाइदिएको छ’, अध्यक्ष नेपालले भने। नेपालले निर्वाचन आयोगको हालैको एक आदेशले ओलीलाई हिस्स बनाएको टिप्पणी गरे। 

‘ओलीले म्यादी प्रहरीजस्तै खोलेको केन्द्रीय सदस्यमा भर्ती भएकाहरूलाई लाज भएको छ। एक मास्कले पनि लाज छोपिन्न भने उनीहरूलाई बुर्का लगाइदिनुस्’, नेपालले व्यंग्य गरे।
उनले ओली ‘गफाडी नम्बर १’ रहेको आरोप लगाए। ‘केपी ओली काम गर्नुहुन्न। सरकारका तीन वर्षमा के काम गर्नुभयो ? तर, उहाँ गफ दिन माहिर हुनुहुन्छ। उहाँ कम्युनिस्ट होइन। उहाँ कम्युनिस्ट सिध्याउन लाग्नुभएका व्यक्ति हुनुहुन्छ। उहाँ डुब्लिकेट कम्युनिस्ट हो’, उनले भने। उनले अहिले ओलीले पूर्वएमाले एक होऔं भनेर अभियान चलाएको बताए। 
विरोधसभाको अध्यक्षता हालै नियुक्त सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशीले गरेका थिए। कार्यक्रममा स्थायी कमिटी सदस्य भीम रावल, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, पार्टी संयोजक लक्ष्मीदत्त जोशीले पनि सम्बोधन गरेका थिए।

मुख्यमन्त्री भट्ट यसअघि धनगढीमै भएको ओली समूहको सभाका क्रममा प्रधानमन्त्रीको स्वागत गर्न विमानस्थल गएका थिएनन्। भट्ट शुक्रबार साँझ नेपाल र शनिबार बिहान दाहालको स्वागतमा धनगढी विमानस्थल पुगे। नेपाल शुक्रबार साँझको उडानबाट धनगढी आएका थिए। उनको स्वागतका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र पाँचै जना मन्त्री विमानस्थल पुगेका थिए। शनिबार बिहानको विमानबाट आएका दाहालको स्वागतका लागि पनि मुख्यमन्त्री र सिंगो मन्त्रिमण्डल विमानस्थल पुगेको थियो। मुख्यमन्त्रीको सचिवालयले यसअघि ओली समुहको आमसभाबारे आधिकारिक जानकारी नआएको र गुटको भेला भएकाले विमानस्थल र आमसभामा नभएको प्र्रतिक्रिया दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.