युएईले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता दिने
दुबई : संयुक्त अरब इमिरेट्स (युएई) ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने भएको छ । नागरिकता सम्बन्धी कानून संशोधन गर्दै युएईले यस्तो व्यवस्था गर्न लागेको हो ।
शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशेद अल मकतुमले विशिष्ट प्रतिभा भएका, लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएका बताएका छन् ।
‘हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई युएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ’, प्रधानमन्त्री शेखले भने’, ‘युएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानूनले दिनेछ ।’
यस्ता नागरिकले युएईको चौतर्फी विकास र उन्नतिमा टेवा पुग्ने युएई सरकारले बताएको छ ।