हङकङका नागरिकलाई भिसा दिने बेलायतको घोषणा, तर चीन रुष्ट

हङकङका नागरिकलाई भिसा दिने बेलायतको घोषणा, तर चीन रुष्ट

लण्डन: हङकङमा रहेका लाखौँ नागरिकलाई बेलायत सरकारले भिसा उपलब्ध गराउने घोषणा गरेको छ ।

चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि ठूलो संख्यामा हङकङका नागरिकहरु देश छाड्न तयार भएपछि बेलायतले यस्तो अवसर दिएको हो । बेलायतमा आफन्त तथा परिवारका सदस्य भएका हङकङ निवासी नागरिकले पनि बेलायतमा आवेदन दिनसक्ने बताइएको छ ।

हङकङलाई बेलायतले १९९७ मा मात्रै चीनलाई हस्तान्तरण गरेको थियो । हाल हङकङ चीनसँग 'दुई देश एक प्रशासन'को हैसियतमा रहँदैआएको छ । तर पछिल्लो समय हङकङ छाड्न चाहेको भन्दै ठूलो संख्यामा नागरिकहरुले निवेदन दिने क्रम बढेको छ ।

हङकङका नागरिकलाई बेलायतले नयाँ अवसर घोषणा गरेसँगै चीन भने उसको घोषणा प्रति आक्रोशित बनेको छ । बेलायतको प्रस्तावलाई चीनले उसको औपनिवेशिक मानसिकता भन्दै हङकङलाई आफ्नै क्षेत्रको रुपमा व्याख्या गरेको छ ।

हङकङको विषयलाई लिएर चीन र बेलायतबीच तिक्तता बढ्दैगरेको छ । तर बेलायतले भने उपनिवेशको अवधिमा रहेका हङकङका नागरिकहरुप्रति आफ्नो विशेष जिम्मेवारी रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.