अछामको बयालपाटा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा प्रभावित

अछामको बयालपाटा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा प्रभावित

अछाम: देशकै नमुनाको रुपमा परिचित न्याय हेल्थ नेपालद्धारा सञ्चालित अछामको बयालपाटा अस्पतालको सेवा विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित बनेको छ ।

वैदेशिक सहायता कटौती भएको भन्दै कोरोनाकालमा ३४ जना कर्मचारी हटाएपछि अस्पतालको सेवा प्रभावित बन्दै गएको छ । अहिले अस्पतालमा एमडीजीपी डाक्टर नहुँदा सबै भन्दा बढी अस्पतालमा सुत्केरी हुन आउने महिलाहरु समस्यामा परेका छन् ।

कुनै बेला तीन जना एमडीजीपी रहेको अस्पतालमा बाहिरबाट रेफर भएर सेवा लिन बिरामी बयालपाटा आउने गरे पनि हाल एक जना पनि डाक्टर नहुँदा सेवा प्रभावित भएको हो । जिल्लाभित्र र अन्य जिल्लाहरुबाट समेत उपचारमा आएका जटिल खालका गर्भवती लगायत एमडीजीपीबाट सेवा पाउने बिरामीहरुले सेवा नपाएपछि अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएको छ ।

एक महिना पहिले अस्पतालमा कार्यरत स्वास्थ्य सेवा निर्देशक डा विकास गौचन राजीनामा दिएर गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा नियूक्त भएपछि सो पद रिक्त छ । सो सेवा कायम राख्न सोही समयदेखि नै विज्ञापन आव्हान गरिए पनि हालसम्म पदपूर्ती हुन नसकेको अस्पतालका प्रमुख हाडजोर्नी विषेशज्ञ मन्दिप पाठकले बताए ।

अस्पतालले आर्थिक कठिनाइ खेपिरहेका बेला आउने डाक्टरले भने अनुसारको सेवा सुविधा पाउन नसक्ने भएपछि अस्पतालमा डाक्टर आउन नमान्ने गरेको डा पाठकले बताए । उनले भे, ‘डाक्टर ल्याउने प्रयास गरिरहेका छौँ, अस्पतालले दिने भनेको सुविधामा डाक्टर आउन मान्नु भएको छैन, उहाँहरुले भने जति सेवा सुविधा अस्पतालले दिन सक्ने क्षमता अहिले छैन, सकेसम्म प्रसूति सेवा दिइरहेका छौ, जटिल खालका मात्र रिफर गर्ने गरेका छौँ ।’

पहिले अस्पतालमा आठ देखि नौ जना मेडिकल अधिकृत र तीन जना एमडीजीपी रहेको अस्पतालमा हाल उक्त संख्या घटेर अहिले एकजना अर्थोपेडिक सर्जन र पाँच जना मेडिकल अधिकृत कार्यरत छन् ।

अस्पतालमा निशुल्क सेवा पाइरहेका नागरिकहरु अहिले अन्यत्र रिफर भइ महङ्गो शुल्क तिर्नुपर्ने अवस्था आएपछि आर्थिक पीडा खेप्नुपरेको बताउँछिन् स्थानीय सानु स्वाँर । उनले भनिन्, ‘सुत्केरी व्यथा लागेकी छोरीलाई रातारात अस्पताल पुर्‍याएँ, तर अस्पतालले जिल्ला अस्पताल रेफर गर्‍यो, पहिले जस्तो सुकै जटिल सुत्केरी हुन आउनेलाई यहीँ उपचार हुन्थ्यो अब डाक्टर नहुँदा दुख पायौँ।’

कांग्रेस अछामका जिल्ला सभापति भरत स्वार भने अस्पतालमा एमडीजीपी डाक्टर ल्याउन आफु र आफ्नो पार्टीले हरदम प्रयास गरिरहेको बताएका छन् । यस्तै नेकपा अछामका नेता प्रकाशले पनि प्रसूति शल्याक्रिया बन्द हुनु दुखद् भएको भन्दै सेवा नियमित गर्न सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताए ।

बयालपाटा अस्पताले एक दशकदेखि सामान्यदेखि जटिल खालका बिरामीहरुको उपचार तथा परामर्श सेवा निशुल्क दिँदैआएको छ । कोभिड सुरु नहुनुअघि ४ सय देखि ६ सयसम्म दैनिक बिरामीले सेवा लिने गरेको अस्पतालमा हाल सो संख्या घटेर ३ सयको हाराहारीमा झरेको छ ।

अस्पतालमा करिब २ सय कर्मचारी कार्यरत छन् । अस्पतालबाट ओपीडी तथा ईमर्जेन्सी गरी दैनिक ३ सय भन्दा बढी बिरामीहरुले निशुल्क स्वास्थ्य उपचार सेवा पाइरहेका छन् । कोरोनाका कारण बन्द रहेको अस्पताल स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सेवा दिइरहेको छ ।

तर ओपीडी सेवा भने अहिलेसम्म पुर्ण रुपमा सञ्चालमा आएको छैन । अस्पताललाई सुदुरपश्चिम प्रदेश सरकारले ७ करोड र साँफेबगर नगरपालिकाले ७० लाख रकम बिनियोजन गरेको छ । प्रदेशबाट विनियोजित बजेटबाट अहिले सम्म २ करोड मात्र अस्पतालले पाएको अस्पतालले जनाएको छ ।

बाँकी ५ करोड भुक्तानी रोकिएको अस्पताल प्रशासनले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सांसद हर्क बहादुर कुँवरले प्रदेशबाट छुट्याइएको बजेट निकासका लागि आफुले निरन्तर पहल गरिरहेको बताए । तुरन्तै धनगढी गएर रकम तत्काल रोकिएको ५ करोड रकम निकासा गर्न आवश्यक सहयोग गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.