नेपालगन्जमा अत्यधिक चिसो

नेपालगन्जमा अत्यधिक चिसो

नेपालगन्ज : नेपालगन्जमा तीन वर्षयताकै सर्वाधिक जाडो भएको छ। तीन वर्षपछि सबैभन्दा कम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालय प्रमुख पलबहादुर विकले बताए। सन् २०१९ को ३१ डिसेम्बरमा ३.५ डिग्री सेल्सियस, २०२० को  ३१ डिसेम्बरमा ४.१ डिग्री सेल्सियस थियो।

यो वर्ष १ जनवरी (१७ पुस)मा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस र १६ माघमा ३.३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। जुन अघिल्ला दुई वर्षभन्दा कम हो। आइतबार भने न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस पुगेको छ। तर, बिहानैदेखि नेपालगन्जमा घाम लागेको छैन।

त्यसो त यो वर्ष आठ दिन घाम लागेन। हावापानी कार्यालयका अनुसार जनवरीमा ७ दिन (१, ११, १३, १६, २०, २१ र २५) र आइतबार दिनभर घाम नलागेको हो। बाक्लो हुस्सु कुहिरोका कारण आइतबार बिहानका सबै उडान रद्द गरिएका थिए।

नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक जाडो बढेको भन्दै विद्यालयमा कम्तीमा तीन दिन जाडो बिदा दिन विद्यालयलाई परिपत्र गरेको छ। उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले आइतबार विद्यालयलाई परिपत्रमार्फत १९ माघदेखि २१ माघसम्म ३ दिन विद्यालय बिदा गर्न र मौसम प्रतिकूल रहे २३ माघसम्म विद्यालय बिदा मिलाउन विद्यालयलाई आग्रह गरिएको बताए। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत र धार्मिक सबै विद्यालयमा जाडो बिदा दिन भनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.