सिन्धुलीगढीको पुनर्निर्माण सुरु

सिन्धुलीगढीको पुनर्निर्माण सुरु

सिन्धुली : ऐतिहासिक सिन्धुलीगढी दरबार (रानी दरबार)को पुनर्निर्माण सुरु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी दरबार ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँको लागतमा पुनर्निर्माण थालिएको हो।

कमलामाई नगरपालिका सिन्धुली र बागमती प्रदेश सरकार पर्यटन विकास आयोजनाले १६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दरबारको पुर्निनर्माण थालेको हो। दरबारको पुनर्निर्माणको जिम्मा तुलसी/एरिसा जेभी भक्तपुरले पाएको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए। ‘कुल ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँ लागतमा निर्माण सक्ने गरी यही माघ ८ गते दरबारको ठेक्का लगाएर काम थालिएको हो।

यसको पुनर्निर्माण कार्य २०७९ जेठ १६ भित्र सक्ने गरी सम्झौता भएको छ’, उनले भने।  पूर्व २ नं. क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाका रूपमा परिचित गढीदरबार तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीरविक्रम राणाले निर्माण गरेका हुन्। 

२००४ सालमा राणा शासन अन्त्यपछि राष्ट्रिय स्वामित्वमा  ल्याइएको गढीदरबार २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि भग्नावशेषमा परिणत भएको थियो। लामो समयसम्म संरक्षण अभावमा दरबार र गढी किल्लाका भौतिक संरचनाहरू नष्ट हुँदै गएका थिए। 

२०२० सालअघि सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीगढीमै थियो। उक्त समयमा नेपाली सेना, प्रहरीले सुरक्षा दिएका थिए। २०५२ सालमा तत्कालीन माओवादीले सिन्धुलीगढीमा रहेको प्रहरी चौकीमाथि आक्रमण गरेर सशस्त्र जनयुद्धको उद्घोष गरेपछि त्यसयता त्यहाँ सुरक्षा पोस्टसमेत स्थापना गर्न सकिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.