बगर बन्यो खोला

बगर बन्यो खोला

फिदिम : हेँवा खोला हिजोआज पहिलेजस्तो सुसाउँदैन। खोला त मरुभूमिजस्तो देखिन थालेको छ। नियमविपरीत सञ्चालित जलविद्युत् आयोजनाका कारण खोला सुकेर बगरमा परिणत भएको हो। नियमबमोजिम १० प्रतिशत पानी खोलामै छाडेर आयोजना सञ्चालन गर्नुपर्ने हुन्छ।

तर, पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को बीचमा बग्ने हेँवा खोलामा नियमविपरीत आयोजना सञ्चालन गरिँदा समस्या भएको हो। हेँवा र फेमे खोलाको पानी प्रयोग गरी माउन्टेन हाइड्रोपावर कम्पनीले २२ मेगावाट क्षमताको तल्लो हेँवा खोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ। ‘अघिल्लो वर्षदेखि हिउँदे खेती गर्न समस्या भएको छ’, स्थानीय दीपक माझीले भने, ‘हाइड्रोपावर सञ्चालकले खोलामा पानी छाड्ने भने पनि अहिले पानी छाड्दैनन्।’

हेँवा खोलाको आर्यघाट हिजोआज सुनसान देखिन्छ। आफन्तको अन्त्येष्टिमा बिलौना गरेर आँसु झार्नेहरू नदेखिएको निकै समय भएको स्थानीयत बताउँछन्। ‘खोलामा पानी नभएपछि दाहसंस्कारमा समस्या भएको हो’, फिदिम नगरपालिका–४ हेँवा खोलानजिकै व्यापार गरेर बसेकी भीमा तामाङले भनिन्, ‘किसानले हिउँदे खेती गर्न पाएका छैनन्। यहाँको व्यापार ठप्प छ।’ मानिसको अन्त्येष्टिसँग जोडिएको दाउरा व्यापार र खोलासँग निर्भर भएको माछा व्यापार ठप्प भएको हो। हेँवामा मीठो माछा पाउने भएकाले त्यसकै व्यापार गरेर यहाँका स्थानीय राम्रो आम्दानी गर्थे। 

आयोजनाले खोला नै सुकाएपछि माछाको व्यापार ठप्प छ। हिउँदमा खोलामा कपडा धुने पानीसमेत अभाव हुने गरेको स्थानीय बताउँछन्। खोला नै सुकाएर आयोजनामा पानीको प्रयोग गर्दा जलचर सखाप भएका छन्। जैविक विविधतामा प्रतिकूल असर परेको छ। 

किसानलाई हिउँदे खेती गर्न समस्या  छ। फिदिम बजार र आसपासका बासिन्दाको मृत्यु हँुदा अन्त्येष्टिका लागि तमोर नदी पु¥याउनुपर्ने बाध्यता सुरु भएको छ। ‘पहिलेजस्तो दाहसंस्कारका लागि शव ल्याउने गरिएको छैन,’ स्थानीय नरेश खवासले भने, ‘आत्महत्या गर्नेलाई छिटफुट रूपमा अन्त्येष्टिमा ल्याउने गरे पनि राम्रो ढंगले दाहसंस्कार हुन सकेको छैन। दाहसंस्कारका लागि दाउरा व्यापार गरेर बस्नेहरूको आम्दानी ठप्प छ।’ 

जलविद्युत् सञ्चालक दीपेन्द्र आङ्बोले खोलामा पानीको बहाव घटेकाले समस्या देखिएको बताए। आफूहरूले नियमसंगत रूपमा आयोजना सञ्चालन गरेको उनको दाबी छ। ‘अहिले खोलामा प्रतिसेकेन्ड चार हजार लिटर मात्र पानी बग्छ,’ आङ्बोले भने, ‘यस हिसाबले हामीले प्रतिसेकेन्ड चार सय लिटर पानी छाडेका छौँ।’ दाहसंस्कारका लागि पानी आवश्यक परेका बेला आयोजना बन्द गरेर पानी छाड्ने गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.