सेनाले ‘कू’ गरेपछि म्यानमारको अवस्था कस्तो छ ?
म्यानमार : म्यानमारमा सेनाले सोमबार बिहान सत्ता कब्जा गरेको छ। सोमबार बिहानै सत्ता कब्जा गरेसँगै सेनाका कमान्डर इन चिफ कमान्डर इन चिफ जनरल मिन आङ हलिङले एक वर्षका लागि संकटकाल घोषणा गरेका छन्।
संकटकाल घोषणा भएसँगै म्यानमारको अवस्था के छ त ?
सडकमा सेना परिचालित
सञ्चार सम्पर्क विच्छेद
यसैगरी राजधानी नेपितामा सञ्चार सम्पर्क विच्छेद भएको छ। सञ्चार सम्पर्क विच्छेद भएसँगै त्यहाँको अवस्था थाहा हुन नसकेको बताइएको छ।
मुलुकका प्रमुख सहरहरूमा इन्टरनेट र केही फोन सेवाप्रदायकको सेवा अवरुद्ध गरिएका छन् भने पुरानो राजधानी यान्गुनमा सीमित रूपमा फोन र इन्टरनेट चलेको बीबीसीले बताएको छ। तर धेरै सेवाप्रदायकले आफ्नो सेवा बन्द गरेका छन्।
खाद्य स्टोरमा मानिसहरूको भीड
विभिन्न सहरहरूका खाद्य स्टोरमा सर्वसाधारणहरू खाद्यान्न किन्न लाइन लागेका छन् । यस्तो भीड याङगोन सहरलगायतका सहरमा देखिएको छ ।
बैंकको सेवा बन्द
बैंकहरूले सूचना जारी गर्दै अनिश्चितकालका लागि आफ्नो सेवा बन्द गरेको बताइएको छ। जसले गर्दा एटीएममा मानिसहरूको भीड बढेको छ। तर कतिपय एटीएम मेसिनले काम गर्न छोडेको बताइएको छ।
टेलिभिजन प्रसारणमा अवरोध
सरकारी टेलिभिजन एमआरटीभीको प्रसारण बन्द भएको जनाइएको छ। टीभीले प्राविधिक कारण देखाउँदै प्रसारण बन्द गरेको हो।
यस्तै विदेशी टीभीको प्रसारणमा रोक लगाइएको छ। स्थानीय टीभी स्टेशनहरूले पनि आफ्नो प्रसारण बन्द गरेका छन्।