सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चार जना पक्राउ

सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चार जना पक्राउ

जाजरकोट: नक्कली कागजात बनाएर सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिकाका विभिन्न वडाबाट रकम संकलन गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका ९ स्थायी ठेगाना भइ हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी र सोही ठाँउका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए ।

यस्तै जाजरकोट बारेकोट १ रामीडाँडा निवासी ४० वर्षीय हरिचन्द्र बस्नेत र सोही ठाँउका ३३ वर्षीय मानबहादुर महतारालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

नलगाड नगरपालिकाले ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । नगरको अनमुति अनुसार वडाध्यक्षहरुले नै अतिविपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य उर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने भन्दै प्रत्येक घरधुरीबाट तीन हजार सात सय ५० रुपैया संकलन गरेका थिए ।

सोलार र चुलोको मुल्य २५ हजार पर्ने भए पनि २१ हजार दुई सय पचार बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र ग्रामिण विकास तथा क्लीन इन्भरमेन्टले ब्यहोर्ने भन्दै झुक्याएको स्थानीयको गुनासो छ । तर वडाध्यक्षहरुले नगद बुझेको नगदी रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए । एउटै वडाबाट ६ लाख रुपैयाँसम्म संकलन भैसकेको स्थानियको भना छ ।

नलगाडका १३ वटै वडाबाट संकलन गरिएको रकम वडाध्यक्ष मार्फत् उक्त संस्थालाई बैंक मार्फत पठाउने फारम भरेको ४५ दिनभित्र समान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाई लगायत कुरामा समेत शंकास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको हो । नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमती दिएकोले आफुहरु ठगीमा परेको स्थानियको भनाइ छ ।

आफ्नो संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले आइतवार एक विज्ञप्ती प्रकाशित गरी केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको छ । केन्द्रका नायव कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्थासँग सजग रहन आग्रह गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ ‘ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनाधिकृत रुपमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्य रहेको दुष्प्रयास गर्दै जाजरकोट लगायत केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य उर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश ग्रुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम संकलन गरेको जानकारी प्राप्त भएकोले उक्त सँस्थासँग यस बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको तथ्य सबै सरोकारवालाहरुलाई जानकारी गराउँदछौँ ।’

जिल्ला बाहिरबाट अनाधिकृत संस्था र ठगी कार्यमा प्रत्यक्ष संलग्न वडाध्यक्षका विरुद्ध समेत उजुरी दिने तयारी भइरहेको नलगाड नगरपालिका ३ का कमल प्रसाद रोकायले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.