आगामी निर्वाचन एकदिन पनि सर्दैन : प्रधानमन्त्री ओली

आगामी निर्वाचन एकदिन पनि सर्दैन : प्रधानमन्त्री ओली

जनकपुरधाम : प्रधानमन्त्री केपीशर्मा ओलीले आगामी निर्वाचन एक दिन पनि नसर्ने दाबी गरेका छन्। धनुषाको ढल्केवरमा देशकै सबैभन्दा ठूलो सब–स्टेशन उद्घाटन गर्दै उनले आगामी बैशाख १७ गते शुक्रबार नै निर्वाचन हुने किटानका साथ दाबी गरेका हुन्।

‘निर्वाचन आयोगको काम निर्वाचन गर्ने हो, नगरेर हुन्छ गराउनैपर्छ’ओलीले भने। प्रधानमन्त्री ओल धनुषाको ढल्केवरमा देशको सबैभन्दा ठुलो ४ सय केभीको सब–स्टेशन उद्घाटन  गर्न धनुषा पुगेका छन्। उदघाटन समारोहमा प्रधानमन्त्री ओलीले ढल्केवरबाट जनकपुरधाम पुग्न अढाई घण्टा आफैँले खर्चिनु परेको बताउँदै भने,‘गाडी हिड्दा पनि हेलमेट लगाएर ठोक्किदै हिँडेको छु तर अहिले बाइक चलाउनेहरु ह्याण्डल नसमातेर हिड्ने गरेका छन् तर म ह्याण्डल समातेर हिँडन भन्छु ।’

उनले आफू सुनकोशी डाईभर्सनबाट २८ मेगावाट विद्युत उत्पादन र तराईको सिचाईका साथै कृषि क्षेत्रको उत्पादमा असाधारण मद्दतका लागि लागिरहेको बताए । ‘कृषि आधुनिकीकरण अन्तर्गत वनलाई वागवाणी बनाउँ, जहाँ पुतली उडोस्, मगमग वातावरण होस्, त्यस्तो वातावरण बनाउनुस् ।’ पूर्व–पश्चिम रेल छिट्टै चलाउने दाबी गर्दै प्रधामन्त्री ओलीले भने, ‘तपाईहरु हेर्दै जानुस् अर्को दिन यहाँ रेल चलाउन आउँछौं।’

प्रचण्ड–माधव समुहतर्फ ईङ्कित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा उपद्रो गरिरहेका थिए, टेलिभिजनमा उफ्रियो, सरकारलाई गाली गर्‍यो, यसरी चल्छ पार्टी’ उनले प्रतिप्रश्न गरे। पशुपतिमा १ सय ५१ किलोको सुनको जलप हालिदिन्छु भने परम्परा बिग्रीयो भनेर केही पत्रकार र मिडियाले लेखे। उनले भने, ‘किसानको छोरो तपाइहरु किन पत्रकारिता गर्नुभो, प्रोफेसर किन बन्नुभो, किसानको छोरा किसान, भए भैहाल्थ्यो नि, अनि पो परम्परा बाँच्थ्यो।’ मेरो बुवा प्रधानमन्त्री त थिएनन् तर म प्रधानमन्त्री भएँ, नयाँ कामको लागि पुरानो परम्परा भत्काउनुपर्छ।

उनले आफूलाई मधेशी विरोधी भनेर प्रचार गरिएकोप्रति चित दुखाए।  ‘केपी ओली मधेश विरोधी भनेर भन्छन् तर कुनै मधेशप्रेम भएको एउटा डोमको छोरालाई उठाएर हेर्नुहोस् तर उठाउनुहुन्न, त्यही भएर खोक्रो नारा लगाएर हुँदैन, उर्वर भुमी मधेशको विकास गरौं।’ उनले भने, ‘केपी ओलीलाई मधेशविरोधी भन्छ, तर उसैले मधेशको बाटो, सडक, ढल, सिचाई ल्याउँदैछ, भागिरथले गंगा ल्याएर हामी पहाड छेडेर कोशी ल्याउँछौं, हामी हाम्रो देश बनाउँछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.