म्यानमारमा सैन्य 'कू'को विरोध गर्न आन सान सूकीको आह्‍वान

म्यानमारमा सैन्य 'कू'को विरोध गर्न आन सान सूकीको आह्‍वान

रंगुन: म्यानमारमा पक्राउ परेकी नेत्री आन सान सूकीले सैन्य 'कू'को विरोध गर्न आह्वान गरेकी छन् ।

निर्वाचनमा विजयी नेत्री सूकीको पार्टीले सरकार गठन गर्नुअघि नै सेनाले अचानक सत्ता अपदस्थ गरेपछि म्यानमारको अवस्था अन्योल देखिएको छ । सूकी सहित अन्य प्रभावशाली नेताहरुलाई पनि सेनाले पक्राउ गरेको छ ।

सेनाले सत्ता हत्याएपछि एक वर्षका लागि सङ्कटकाल समेत घोषणा गरिसकेको छ । नेत्री सूकीले आइतबार आफ्ना समर्थकलाई सेनाको कदम अस्वीकार गर्न र सैन्य कूको विरोध गर्न आग्रह गरेकी हुन् ।

म्यानमारमा सेनाले यसअघि पनि लामो समय देशको शासन कब्जा गरेको थियो । शासन व्यवस्था जनतालाई नै सुम्पने बाचा गरे पनि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै यस पटक सत्ता कब्जा गरेको हो ।

तर निर्वाचनमा धाँधली भएको कुनै प्रमाण सेनाले देखाउन सकेको छैन । यससँगै म्यानमारमा जननिर्वाचित नेताहरुलाई नै पक्राउ गरी सेनाले सत्ता नियन्त्रणमा लिएपछि त्यस कदमको विभिन्न देशमा विरोध भएको छ । म्यानमारमा भने सेनाले सडकमा बाक्लो संख्यामा सैनिक तैनाथ गरी सुरक्षा व्यवस्था कडा बनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.