मेयर गोल्ड कप फुटबल : पोखरालाई जित्दै सेमीफाइलनमा पुग्यो महोत्तरी

मेयर गोल्ड कप फुटबल : पोखरालाई जित्दै सेमीफाइलनमा पुग्यो महोत्तरी

भंगहा : मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७७ को तेस्रो दिनको खेल बेङ्गखारी युवा क्लब महोत्तरीले जितेको छ। सुट आउट पेनाल्टीमा लेखनाथ युटाईटेड क्लब पोखरालाई १–२ गोलले हराउँदै बेङ्गखारी युवा क्लबले जीत हासिल गरेको हो।

खेलको निर्धारित समयमा दुबै टिमले एक अर्काविरुद्ध १–१ गोल गर्दा खेल सुट आउट पेनाल्टीमा धकेलिएको थियो। खेलको २७ मिनेटमा लेखनाथ युटाईटेड क्लब पोखराका १९ नम्बर जर्सिका खेलाडीले बेङ्गखारी युवा क्लबमा पहिलो गोल प्रहार गरेका थिए। खेलको ४७ मिनेटमा बेङ्गखारी युवा क्लबका १९ नम्बर जर्सिका खेलाडीले गोल गरेर पोखरासँग बराबरी बनाएका थिए। 

खेल जितेसँगै बेङ्गखारी युवा क्लब आउँदो माघ २१ गते त्रिभुवन आर्मीसँग सेमीफाइनलका लागि भिड्ने छ।

बेङ्गखारी युवा क्लबका गोल रक्षक अभिषेक बराल तेस्रो दिनको खेलको म्यान अफ दी म्याच घोषित गरियो। उनले नगद ५ हजार र शिल्ड पाए।

महोत्तरीको भंगाहा नगरपालिकाले आयोजनामा फुटबल प्रतियोगिता भइरहेको छ। मंगलबारको खेल बिजय युथ क्लब हेटौंडा र बागमती युवा क्लब सर्लाहीबीच हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.