चक्रपथमा सेनाको बख्तरबन्द अभ्यास यसरी भयो (फोटो फिचर)

चक्रपथमा सेनाको बख्तरबन्द अभ्यास यसरी भयो (फोटो फिचर)

काठमाडौं : नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। राति दश बजेपछि सेनाका दर्जन जति बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए।

सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताएका छन्।

पौडेलले आइतबार एक ट्‌वीट गर्दै नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार बख्तरबन्द गाडी एकसाथ सडकमा निस्कन लागेको जानकारी गराएका थिए। बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित ब्यारेकबाट एकसाथ निस्केर चक्रपथको चक्कर लगाएका थिए।

सार्वजनिक सवारीमा अवरोध नहोस् भनेर सेनाले राति अभ्यास गर्न लागेको जनाएको छ। यसका लागि ट्राफिक प्रहरीसँग सेनाले समन्वय गरेको थियो।

त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको छ। माघ २१ गते पनि बख्तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ। ती राति फर्किनेछन्।

अन्नपूर्णकर्मी सुनिता डंगोलले सोमबार राति भएको सो सैनिक अभ्यासलाई खिचेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.