हलिउड गायिका रिहाना र पोर्नस्टार मिया खालिफा जब भारतीय किसानको पक्षमा बोले...

हलिउड गायिका रिहाना र पोर्नस्टार मिया खालिफा जब भारतीय किसानको पक्षमा बोले...

नयाँदिल्ली: भारतमा महिनौँदेखि आन्दोलनरत किसानहरुको प्रदर्शनमा समर्थन जनाउँदै हलिउड अभिनेत्री तथा प्रसिद्ध गायिका रिहाना र पोर्नस्टार मोडेल मिया खालिफाले ऐकवद्धता जनाएका छन् ।

पछिल्लो समय किसानहरुको आन्दोलन प्रहरीले दबाउन खोजेपछि हिंसात्मक बन्दै जाँदा गायिका रिहानाले सामाजिक सञ्जाल मार्फत ऐकवद्धता जनाएकी थिइन् । त्यसको केही घण्टापछि मियाले पनि किसानको आन्दोलनको पक्षमा आफू रहेको प्रतिक्रिया दिइन् ।

भारतमा भने गत सेप्टेम्बरदेखि नै किसानहरुले विवादास्पद कृषि विधेयकको विरोध जनाउँदैआएका थिए । पछि केन्द्र सरकारले कानून नै बनाएपछि किसानहरु थप आन्दोलित बनेका हुन् । राजधानी दिल्लीमा ७१औं गणतन्त्र दिवस मनाइरहँदा किसानहरुले भने सरकारको कडा आलोचना र विरोध गरेका थिए ।

रिहानाले आन्दोलनमा सरकारबाट मानवअधिकार उल्लंघन भएको भन्दै त्यसमा आपत्ती जनाएकी थिइन् । ह्यासट्याग फार्मर्स प्रोटेस्ट समेत उल्लेख गरेकी थिइन् । सरकराले विभिन्न स्थानमा इन्टरनेट बन्द गरिदिएपछि रिहानाले विरोध जनाएकी थिइन् ।

उनले भारतका किसानहरुको आन्दोलनको तस्बिर पोस्ट गर्दै ट्वीटरमा लेखेकी थिइन् 'हामी यसबारे किन कुरा गर्दैनौँ ?'

त्यसपछि पोर्नस्टार मिया खालिफाले पनि सामाजिक सञ्जालमा किसान आन्दोलनको तस्बिर पोस्ट गर्दै लेखेकी छन्, 'किसानलाई मार्ने काम बन्द गर !' लेबनीज-अमेरिकन मोडेल समेत रहेकी मिया २०१४ मा एडल्ट वेबसाइट पोर्नहबमा दुई महिनाको अवधिमा सर्वाधिक धेरै हेरिएकी पोर्नस्टारको रुपमा चिनिएकी थिइन् ।

रिहानाको ट्वीट अचानक आएपछि भारतका सरकार समर्थित मिडियाले उनको बारेमा अनेक टिप्पणी गर्न थालेका छन् । यस्तै मियालाई पनि व्यक्तिगत रुपमा लान्छना लगाउँदै चरित्र हत्या हुने गरी टिप्पणी गर्न थालेका छन् । सरकार समर्थकहरुले सामाजिक सञ्जालमा उनीहरुमाथि अश्लील र भद्दा गाली समेत दिएका छन् ।

पछिल्लो समय किसानमाथि प्रहरीको धरपकड र केही किसान वेपत्ता भएपछि उनीहरुले अभिव्यक्ति दिएका हुन् । यसबीचमा केही प्रदर्शनकारी किसानहरुको मृत्यु समेत भइसकेको छ । वार्ताको सट्टा आन्दोलनलाई दबाउन सरकारले इन्टरनेट सेवा समेत काटिदिएपछि थप तनाबपूर्ण अवस्था सिर्जना भएको छ । अभिनेत्रीद्वयले भने किसानको पक्षमा एकै अभिव्यक्ति दिएका कारण सामाजिक सञ्जालमा चर्को आलोचना र भद्दा टिप्पणी भोग्नु परेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.