आमहड्तालले अर्घाखाँचीको जनजीवन प्रभावित

आमहड्तालले अर्घाखाँचीको जनजीवन प्रभावित

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका कारण अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन पनि चलेका छैनन् ।

जिल्लाको सदरमुकाम सन्धिखर्क चुत्राबेसीलगायतका बजार क्षेत्र र ग्रामीण भेगका बजारसमेत बिहानैदेखि पूर्णरुपमा बन्द छन् । शैक्षिक संस्था, कलकारखाना बन्द छन् ।
 

प्रचण्ड–नेपाल पक्षका संघर्ष समितिका नेता तथा कार्यकर्ता सदरमुकाम सन्धिखर्क चुत्रावेसीमा खोलिएका पसल, सवारी साधन बन्द गराउँदै गल्ली गल्ली हिँडेका छन् । सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् भने बाहिरबाट जिल्ला भित्रने सवारी साधन पनि भित्रन सकेका छैनन् । यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । 

जिल्लामा कुनै अप्रिय घटना घट्न नदिनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ । बजार क्षेत्रमा सुरक्षाकर्मीले गस्ती समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.