क्यान्सर दिवसमा मुकेश अम्बानीकी पत्‍नीले खोलिन् 'ब्रेस्ट क्लिनिक'

क्यान्सर दिवसमा मुकेश अम्बानीकी पत्‍नीले खोलिन् 'ब्रेस्ट क्लिनिक'

नयाँदिल्ली: भारतीय कम्पनी रिलायन्स फाउन्डेसनकी अध्यक्ष तथा व्यवसायी मुकेश अम्बानीकी पत्नी नीता अम्बानीले विश्व क्यान्सर दिवसको अवसरमा ब्रेस्ट क्लिनिक सञ्चालन गरेकी छन् ।

'वान स्टप ब्रेस्ट क्लिनिक' नामको नयाँ व्यवसाय नीताले यही बिहीबार घोषणा गरेकी हुन् । महिलाहरुमा क्यान्सरको समस्या बढ्न थालेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नीताले भारतीय महिलाहरुलाई उचित मुल्यमा विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाइन् ।

नीताले मुम्बइस्थित 'सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटल'मा आफ्नो क्लिनिक सुरु गरेकी हुन् । हरेक भारतीय महिलालाई उचित मुल्यमा विश्व स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको पनि नीताले बताइन् ।

'एक भारतीय र विशेषगरी महिलाको हैसियतमा वान-स्टप ब्रेस्ट क्लिनिक उद्घाटनको घोषणा गर्न पाउनु मेरा लागि ठूलो अवसर हो,' नीताले भनेकी थिइन् ।

'महिलाहरु जन्मजात वहुप्रतिभाशाली छन् । उनीहरु बालबालिका र परिवारको हेरचाह गर्छन्, घर र कार्यालय व्यवस्थापन गर्छन् । निजी र व्यवसायीक जीवन सन्तुलन गर्छन् । तर प्राय उनीहरु आफ्नै स्वास्थ्यको बारेमा बेवास्था गर्छन् वा समय दिन सक्दैनन् । त्यो अवस्था परिवर्तन गरौँ,' उद्घाटनको अवसरमा नीताले भनेकी थिइन् ।

विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार स्तन क्यान्सर विश्वभरका महिलाहरुमा साझा समस्याको रुपमा देखिएको छ । र भारतमा देखिएका सबै क्यान्सरका बिरामीमध्ये १४ प्रतिशत स्तन क्यान्सरका बिरामी भएको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.