बैतडीमा १७ वर्षीया किशोरी मृत फेला, बलात्कारपछि हत्या आशंका

बैतडीमा १७ वर्षीया किशोरी मृत फेला, बलात्कारपछि हत्या आशंका

धनगढी : बैतडीमा बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ । 

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा लडालेक जंगलमा फेला परेको मृतकका दाइ नाता पर्ने शिवराज भट्टले जानकारी दिए ।

किशोरीको शव फेला परेको जानकारी आइसकेपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, चिकित्सक र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । 

किशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले यकिन नभएको प्रहरी नायव परीक्षक अधिकारीले बताए । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत पुगिसकेको उनले बताए । 

उनले भने,' हामीले यो घटनाको सुक्ष्म तरिकाबाट अनुसन्धान अघि बढाएका छौं । अहिले नै किशोरीको हत्याबारे थाहा भइ सकेको छैन् । यसको अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।'

भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले बताएका छन् । भट्टको शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेर फालिएको आशंका गरिएको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए। उनले भने, 'शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिन्छ।शरीरभरी चोटपटक छ । हातहरु काटिएको अवस्थामा छन् ।'

मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने प्रहरीले जनाएको छ । दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् । मृतक कक्षा १२ मा सनातन धर्म मावि श्रीकोटमा अध्ययनरत थिइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.