डोल्पामा भारी हिमपात, जुफाल बिमानस्थल बन्द

डोल्पामा भारी हिमपात, जुफाल बिमानस्थल बन्द

डोल्पा : यो वर्ष जिल्लामा पहिलो पटक भारी हिमपात भएको छ । बिहीबार रातिबाट  वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू-भाग ढाकेको छ। हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो।

माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक भने खुसी भएका छन्। पानी र हिउँ परेपछि केही राहात मिलेको कृषक राजकुमारी बुढाले बताइन्। उनले भनिन्,' हिउँदे बाली गहुँ,उवा,चौँलगायतका बाली पूरै सुकेका थिए, अब यो हिमपातले थोरै भएपनि आशा पलाएको छ ।' 

धूलो,हावा र रुघाखोकीले आक्रान्त भएका डोल्पाबासी हिमपातसँगै रमाएका छन्। हिउँदको समयमा हिउँ धेरै परेमा वैशाखदेखि बहुमुल्य जटिबुटी यार्सागुम्बा पनि प्रशस्त हुने स्थानीय प्रेमबहादुर लामाले बताए । लामाले भने,' यता अन्नबाली लागउन पनि सजिलो। अब पाटनमा यार्सागुम्बा पनि हुन्छ। हिउँ नै कृषकका लागि मल हो जति धेरै हिउँ परे उति कृषकलाइ फाइदा हुन्छ । '

जिल्लाको करिब ९० प्रतिशत भू-भाग हिउँले ढाकेपनि समुन्द्र सतहबाट करिब २५ मिटर तलको भू-भागमा भने हिउँ जम्न सकेको छैन । सदरमुकाम दुनै,त्रिपूराकोट,त्रिबेणिलगायतका क्षेत्रमा भने हिउँ जम्न सकेको छैन। 

हिउँदे सिजनको अन्तिमतिर हिउँ परेर तल्लो डोल्पाका स्थानीय उत्साहित भए पनि माथिल्लो डोल्पाका नागरिक भने हिमपातले नाकाबन्दी गरेको छ । करिब ५६ सय मिटर अग्ला पहाडले घेरिएको क्षेत्रमा बस्ती भएको माथिल्लो डोल्पामा भने हिमपातले जनजीवन कष्टकर बनाएको छ । 

हिमपात भएसँगै माथिल्लो डोल्पामा स्थानीय घर बाहिर जान कठिन भएको स्थानीय सोनाम फुन्जो गुरुङले जानकारी दिए । उनले भने,' अब तल्लो डोल्पा जान र आउन सकिदैन। फागुनको अन्तिम वा चैत्रमा मात्रै बाटो खुल्छ। हामी घरमै बस्न बाध्य भएका छौं।'

हिमपातका कारण जुफाल बिमानस्थलमा उडान नहुँदा यात्रु बिमानस्थलमै थन्किएका छन् भने पैदल यात्रु प्रभावित भएका छन्। डोल्पाको तामक्रम माइनस १० भन्दामाथि पुगेको छ ।   
    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.