संसद विघटनविरुद्ध कालिकोटमा कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रदर्शन

संसद विघटनविरुद्ध कालिकोटमा कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रदर्शन

कालिकोट: नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, शिक्षक संघ, स्वास्थ्यकर्मी संघ, ट्रेड युनियन लगायत शुभेच्छुक संस्थाहरुले संसद विघटन विरुद्ध कालिकोटमा प्रदर्शन गरेका छन् ।

संसद विघटन गरेर सरकारले जनताको अपमान गरेको भन्दै कार्यक्रमका वक्ताहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा कांग्रेस महासमिति सदस्य टेकराज शाही, नेपाल निजामति कर्मचारी युनियन संघका अध्यक्ष नरदल बुढा लगायत वक्ताले संसद विघटनको विरोध सबै जनताले पनि गर्नुपर्ने भन्दै त्यसका लागि आह्वान गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेता टेकराज शाही, हिक्मत बिष्ट, शिक्षक संघका प्रदेश उपमहासचिव नवीन हमाल, शिक्षक संघका अध्यक्ष दीपराज शाही, स्वास्थ्यकर्मी संघका अध्यक्ष धर्मराज शाही, कर्मचारी युनियनका उपाध्यक्ष अबिराज शाही, शिक्षक नेता प्रमोद शाही लगायत वक्ताहरुले स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले गरेका गलत काम र संसद बिघटनका बिरुद्ध भण्डाफोर गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मानबहादुर रोकाया, कालिकोटका सचिव यशोधा शाही, सहसचिव तथा प्रदेश ख का सभापति दमनबहादुर शाही, शिक्षक संघकी प्रदेश उपमहासचिव यमुना बम लगायत नेताहरुले पनि बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.