बैतडी बलात्कार प्रकरण : एसएसपीसहितको अनुसन्धान टोली घटनास्थलमा

बैतडी बलात्कार प्रकरण : एसएसपीसहितको अनुसन्धान टोली घटनास्थलमा

धनगढी : बालिका बलात्कार गरी हत्या भएको स्थानमा एसएसपी जनकराज पाण्डेसहित सिआईबीको अनुसन्धान टोली पुगेको छ । शनिबार बिहान एसएसपी पाण्डे र डीएसपी नेतृत्वको सीआईबीको टोली घटनास्थल पुगेको हो । 

बुधबार बैतडीको दोगडा केदार गाउँपालिका–७ मा पर्ने लवलेक सामुदायीक वनमा विद्यालयबाट फर्किने बेला १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट बुधबार घर नआएपछि आफन्तले खोजी गर्दा घरभन्दा–२ किलोमिटरको दूरीमा रहेको लवलेक सामुदायीक वनमा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपीको टोलीले शुक्रबार घटनास्थल मुचुल्का तयार पारे पनि प्रदेश प्रहरीबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टिम घटनाको अनुसन्धानका खटेको हो ।

‘शनिबार घटनास्थलमा पुनः तालिम प्राप्त कुकुरसहित सर्च गरियो, पुरै वनमा टोलीले सर्च गरेको छ, पीडितको घरमा पनि पुगियो, आमा र आफन्तसँग पनि कुराकानी भएको छ’, अनुसन्धानमा खटिएका एसएसपी पाण्डेले भने ।

उनले विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको बताए । एसएसपी पाण्डेको टोेली इलाका प्रहरी कार्यालय खोचलेकलाई आधार बनाएर त्यतै बसेको छ । ‘इलाका प्रहरी, जिल्ला प्रहरी र सीआईबीको टोली अनुसन्धानका लागि गाउँ गाउ गएको छ । मृतकका नजिकका साथीसँग बुझ्ने कार्यभइरहेको छ । शनिबार भएकाले विद्यालयका साथीसँग सोधपुछ हुन सकेन, तर आइतबार विद्यालयका सहपाठीसँग पनि सोधपुछ गरिनेछ’, एसएसपी पाण्डेले भने ।

डीएसपी नेतृत्वको सीआईबीको टोलीले बलात्कारपछि हत्या घटनाको टेक्निकल पाटो केलाई रहेको छ । धनगढीबाट लगिएका तालिमप्राप्त कुकुरले युवतीको शव भन्दा केही पर उसको ब्याट्री झिकेको पत्ता लगाएको छ । 

‘मोबाइलको सम्पर्क, एसएमएस, म्यासेन्जरसहितका टेक्निकल कुराको पनि अनुसन्धान भइरहेको छ’, एसएसपी पाण्डेले भने । उनले शनिबार साँझसम्म अनुसन्धानबाट हत्याको नजिक पुग्ने खासै आधार भने भेटाउन नपाएको बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.