नमुना सहर अलपत्र

नमुना सहर अलपत्र

अछाम : अछामको साँफेबगरलाई नयाँ सहर बनाउने योजना कछुवाको गतिमा छ। विश्व बैंकको अनुदानमा नेपाल सरकारले २०६८÷६९ सालमा देशका १० मध्यपहाडी जिल्लामा १० वटा नमुना सहर बनाउने घोषणा गरेको थियो।

ती नमुना सहरमध्ये अछामको साँफेबगरलाई पनि अघि सारिएको थियो। पहाडी क्षेत्रबाट तीव्र रूपमा भइरहेको बसाइँसराइ रोक्न सरकारले नयाँ सहरको अवधारणा ल्याएको भए पनि नमुना सहर निर्माणको काम भने अपेक्षाकृत रूपमा अघि बढ्न सकेन। 

सुस्त गतिमा रहेको काम गत वर्ष कोरोनाका कारण ठप्प भयो। यो वर्ष ५ योजनाको टेन्डर गरिएको छ। ३ लाख ७२ हजारको शवदाह निर्माण, ४ लाख ९७ हजारको साँफेबगर क्षेत्रमा नाली निर्माण, ३ लाख ४१ हजारको एयरपोर्ट बजारको सडक निर्माण, ६ लाख ३५ हजारको जनकल्याणदेखि एयरपोर्ट बजारसम्म सडक निर्माण, ४ लाख ७३ हजार हिमालय माविदेखि बिम्कोट खोलासम्म सडक निर्माणको ठेक्का गरिएको छ। 

नयाँ सहर आयोजना साना–साना योजना निर्माणमा रुमल्लिन थालेको छ। बहुउद्देश्यीय हल, खेलमैदान, सपिङ कम्प्लेक्स, तरकारी तथा फलफूल संकलन केन्द्र, बसपार्कजस्ता ठूला योजनाको काम सुरु नै हुन सकेको छैन। 

अहिले स–साना सडक निर्माणलगायत काम भइरहेका छन्। आयोजनाले आवश्यक जग्गा खरिद गर्न नसक्दा र ऐलानी जग्गा आयोजना मातहतमा लिन नसक्दा सोचेअनुरूप काम हुन सकेको छैन। नयाँ सहरअन्तर्गत साँफेबगरको मुख्य बजार रहेको वडा नम्बर ३ र ४ मा काम हुनुपर्नेमा पहँुचका आधारमा सडक निर्माणका नाममा नयाँ सहरको बजेट अन्यत्रै जान थालेको  छ। 

‘मुख्य काम अलपत्र छ’, एक कर्मचारीले भने, ‘साना योजनामा मात्र काम भइरहेको छ, पहुँचका आधारमा बजेट गएको छ। तत्काल साँफेको ३ र ४ वडामा काम हुनुपर्छ। त्यसपछि बिस्तारै अन्य ठाउँमा।’ भागेश्वरमा ३ सय जनसंख्या पनि छैनन् तर त्यहाँ ९ करोडभन्दा बढी बजेटले सडक निर्माण भएको उनले बताए।

जग्गा एकीकरणको कामअन्तर्गत जयाकोटमा काम भइरहेको छ। जग्गा प्लटिङका लागि दुई वर्षअघि ठेक्का भएको थियो। अहिले काम सुरु भएको २ महिना भयो। जग्गा विवादका कारण दुई वर्षअगाडि काम हुन नसकेको नयाँ सहर आयोजनाका इन्जिनियर ललित बुढाले बताए। 

बसपार्कका लागि आवश्यक २९ रोपनी जग्गा खरिद प्रक्रिया अगाडि बढेको पूर्व नगर विकास समितिका अध्यक्ष मोहन कुँवरले बताए। बसपार्कका लागि ५० लाख बजेट आएको र बसपार्कको जग्गा खरिदका लागि मुआब्जा दिन ४ करोड रकम आएको उनले बताए। 

उनले भने, ‘वडा नम्बर ३ हाटबजारमा बसपार्क बनाउन २९ रोपनी जग्गा रोक्का गरेका छौं, अब छिट्टै मुआब्जा वितरण गर्नेछौं, आयोजना प्रमुखले सक्रियता नदेखाउँदा समस्या भएको छ। यता कोही बस्नै मान्दैनन्, सरुवा माग्न थालिहाल्छन्। प्रमुख कार्यालयमा कहिल्यै भेटिँदैनन्।’

आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित चारवटा योजनासमेत सम्पन्न हुन नसकेको नयाँ सहर आयोजनाका प्रमुख मोहन विकले बताए। सम्पन्न हुन नसकेका योजनामध्ये कार्यालय भवन पनि रहेको उनले बताए। तर, निर्माणको ठेक्का पाएको स्वाँर कन्स्ट्रक्सनले निर्माण सम्पन्न भइसक्दा पनि आयोजनाले रकम अभावको कारण देखाउँदै भवन बुझ्न नमानेको बताएको छ। 

स्वाँर कन्स्ट्रक्सनका रवि स्वाँरले भने, ‘कार्यालय प्रमुखसँग भेट नै हुँदैन, भवन निर्माण सम्पन्न भइसक्यो, हस्तान्तरण गर्छु भन्दा अहिले बजेट छैन भन्ने कुरा आयो, त्यसैले हस्तान्तरण भएको छैन।’ नयाँ सहर आयोजनाअन्तर्गत हालसम्म साँफेबगर बजारमा १ करोड ५७ लाखको सौर्य बत्ती जडान, ६० लाखको साँफेबगर खानेपानी आयोजना निर्माणलगायत काम मात्र सम्पन्न भएको छ। नयाँ सहरका लागि ८० करोड बराबरको स्टिमेट तयार गरेर केन्द्र सरकारलाई पेस गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.