इन्टरनेट प्रतिबन्धका बाबजुद म्यान्मारमा सेनाको ‘कू’विरुद्ध हजारौँको प्रदर्शन

इन्टरनेट प्रतिबन्धका बाबजुद म्यान्मारमा सेनाको ‘कू’विरुद्ध हजारौँको प्रदर्शन

म्यान्मार : सेनाको ‘कू’ विरुद्ध म्यान्मारको मुख्य सहरमा हजारौँ प्रदर्शनकारी एक ठाउँमा भेला भएका छन् । गिरफ्तार गरिएकी नेतृ आङ सान सु कीको रिहाइ माग गर्दै सबभन्दा ठुलो सहर यङगनमा प्रदर्शनकारीहरू भेला भएका हुन् ।

प्रदर्शनको दोस्रो दिन सहरका विभिन्न भागमा ‘हामी सैनिक तानाशाह चाहन्नौँ ! प्रजातन्त्र चाहन्छौँ’ जस्ता नारा लगाउँदै प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले नेतृ सु कीको पार्टी नेशनल लिग फर डेमोक्रेसीको झण्डा र उनको तस्बिर बोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीहरूले ‘सैनिक तानाशाहको अन्त्य र प्रजातन्त्र प्राप्त नभएसम्म’ निरन्तर आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

म्यान्मारमा सोमबार सेनाले सत्ता कब्जामा लिँदै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । त्यसको विरोधमा शनिबारदेखि आन्दोलनकारी सडकमा आएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.