हिउँले ढाक्यो दामन (फोटोफिचर)

हिउँले ढाक्यो दामन (फोटोफिचर)

हेटौंडा : सडकमा हिउँ जमेका कारण त्रिभुवन राजपथको भीमफेदी (९ गोलमोडदेखि थाहा -४ दामन) सम्मको सडक अवरुद्ध भएको छ । शनिबार दिउँसो परेको हिमपातका कारण मकवानपुरको दामनस्थित सीमभन्ज्याङस्थित सडकमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासकुमार तामाङले जानकारी दिए।

सडक अवरुद्ध भएपछि अहिले हेटौंडा र काठमाडौंबाट छुटेका सयौं सवारी साधन सीमभन्ज्याङ क्षेत्रमा रोकिएका छन् । सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएर सडक सुचारु गर्ने प्रयास गरिरहेको सडक विभागका कर्मचारी गणेश खत्रीले बताए  ।

सडकमा हिउँ जम्नुका साथै आइतबार बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको छ । हिउँ पन्छाएर सडक खुलेपछि पनि पूर्ण होसियारीका साथ सवारी चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकहरुलाई अनुरोध गरेको छ ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.