म्यानमारमा सेनाविरुद्ध विशाल जनप्रदर्शन, दशौँ हजार नागरिक सहभागी

म्यानमारमा सेनाविरुद्ध विशाल जनप्रदर्शन, दशौँ हजार नागरिक सहभागी

रंगुन: म्यानमारमा सैन्य 'कू' को विरुद्धमा हजारौँ नागरिकहरु आन्दोलित भएका छन् ।

४० जनाबाट सुरु भएको सडक प्रदर्शनमा अहिलेसम्म दशौँ हजार नागरिक सहभागी भएका छन् । र उक्त परदर्शन बढ्दैगएको छ । स्थानीय मिडियाका अनुससार राजधानी रंगुनका सडकमा अहिले जनसागर उत्रिएको छ । तर प्रदर्शन शान्तिपूर्ण भइरहेको बताइएको छ ।

साथै प्रदर्शनकारी र सुरक्षाकर्मीहरु दुबै पक्ष संयमित देखिएका छन् । निर्वाचित सरकारलाई सेनाले असंवैधानिक रुपमा कब्जा गरेकोमा नागरिक आन्दोलित भएका हुन् । सेनाले नेत्री आन सान सू चीसहित अरु केही प्रभावशाली नेताहरुलाई पक्राउ समेत गरेको छ ।

राजधानीमा आइतबार बिहान निस्केको जुलुसका सहभागीले सांसदलाई थुनेर राखिएको सरकारी निवास नजिकै परिक्रमा गर्दै नारावाजी समेत गरेका थिए। 'सैनिक शासन मान्य छैन' जस्ता नारावाजी उनीहरुले लगाएका थिए ।

निर्वाचनमा धाँधली भएको भन्दै सेनाले गत साता 'कू' गरेको हो । साथै सैन्य सरकारले एक वर्षका लागि संकटकाल समेत घोषणा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.