सामान्य विवादमा श्रीमानले गरे श्रीमतीको हत्या
तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। ४३ वर्षीय नरबहादुर लिम्बूले आइतबार बिहान ११ बजे बञ्चरो प्रहार गरी ४७ वर्षीया श्रीमती मइतरानी लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा मइतरानीको शव घर नजिर्कको बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सामान्य घरायसी विवादमा बारीमा काम गरिरहेको अवस्थामा नरबहादुरले आफ्नी श्रीमतीलाई एक्कासी बञ्चरो प्रहार गरेको मृतकको भतिज विवस लिम्बूले बताए ।
लिम्बूलाई प्रकाउ गरेको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए । नरबहादुरले गाउँबाट मादक पदार्थ सेवन गरी घर आएर श्रीमतीको हत्या गरेको हुनसक्ने स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।