भारतको उत्तराखण्डमा भीषण बाढी: १ सय बढीको मृत्यु भएको आशंका

भारतको उत्तराखण्डमा भीषण बाढी: १ सय बढीको मृत्यु भएको आशंका

नयाँदिल्ली: भारतको उत्तराखण्डस्थित हिमताल फुट्दा १ सयदेखि १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

ताल फुट्नुका साथै चमोली जिल्लामा रहेका अलखण्ड र धौलीगंगा नदीमा भीषण बाढी आउँदा जनजीवन अस्तव्यस्त बनाएको छ । क्षति व्यवस्थापन तथा उद्वारका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएको भारतीय मिडियाले जनाएका छन् । तीन वटा हेलिकप्टर घटनास्थलमा उद्वारका लागि पठाइएको बताइएको छ ।

चुनावी अभियानका लागि आसाममा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको पक्षमा सिंगो देश उभिएको र हरेक नागरिकको सुरक्षाको लागि राष्ट्रले प्रार्थना गरेको जनाएका छन् ।

पछिल्लो समाचार अनुसार घटनास्थलमा तीन जनाको शव भेटिएको छ । उत्तराखण्डका उच्च अधिकारीहरुका अनुसार १ सय देखि १ सय ५० जना वेपत्ता भइरहेकाले उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

वेपत्ता हुनेमा अधिकांश सडक, रेल तथा सुरुङमा कार्यरत मजदुरहरु रहेको बताइएको छ । तपोबन बाँध क्षेत्रमा मात्रै कार्यरत १६ जना कामदारहरु सुरुङभित्रै थुनिएर रहेकाले उनीहरुको उद्वार कार्य जारी रहेको छ ।

घटनास्थलमा स्वास्थ्य टोली समेत खटाइएको बताइएको छ । ऋषिकेश, जोलीग्राम, श्रीनगर र देहरादुनमा ३० शैय्याका अस्पताल घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.