विनाकसुर ४ वर्षदेखि थुनामा रहेका अलजजीराका पत्रकार रिहा

विनाकसुर ४ वर्षदेखि थुनामा रहेका अलजजीराका पत्रकार रिहा

कायरो : इजिप्टले कुनै कसुर विना नै चार वर्षभन्दा अघिदेखि बन्दी बनाएर राखेको अल जजीराका पत्रकार महमुद हुसेनलाई रिहा गरेको छ ।

२०१६ को डिसेम्बरदेखि नै हुसेनलाई थुनामा राखेको इजरायल सरकारले यही शनिबार रिहा गरेको हो । अलजजीराले भने विज्ञप्ति निकाल्दै यस क्षणलाई सत्यको एक क्षण र प्रेस स्वतन्त्रताका लागि प्रेरणादायी कोषेढुंगा भनी टिप्पणी गरेको छ ।

अलजजीरा मिडिया नेटवर्कले महमुदको स्वतन्त्रताको खबरलाई स्वागत गर्ने र उनको जस्तो अरु पत्रकारले भोग्न नपर्ने जनाएको छ ।

साथै हुसेनको परिवारका सदस्यले उनको रिहाइमा खुसी व्यक्त गर्दै स्वागत गरेका छन् । छोरीले सामाजिक सञ्जालमा आफ्नो पिताको रिहाइको निर्णय लागु भएकोमा खुसी व्यक्त गरिन् ।

९ सन्तानका बाबु समेत रहेका हुसेनले दशक भन्दा लामो सक्रिय पत्रकारितामा छन् । केही वर्षसम्म अलजजीराका लागि स्वतन्त्र रुपमा रिपोर्टिङड गरेका उनी २०१० मा पूर्णकालीन रिपोर्टरको रुपमा काम गर्न थालेका थिए । सुरुमा इजिप्टको कायरोमा र पछि उनले दोहाबाट काम गरेका हुन् ।

५४ वर्षीय हुसेन २०१६ को डिसेम्बर २३ मा कायरोमा पक्राउ परेका हुन् । बिदाको बेला परिवारका सदस्यहरुसँग भेटाघाट गरिरहेका बेला उनी पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.