बेलायतमा १ करोड भन्दा बढीले लगाए कोरोनाको खोप

बेलायतमा १ करोड भन्दा बढीले लगाए कोरोनाको खोप

लण्डन: बेलायतमा १ करोड २० लाख भन्दा धेरै मानिसले कोभिड १९ विरुद्धको खोपको कम्तिमा एउटा डोज पाएका छन् ।

फेब्रुअरी १५ सम्ममा चारवटा प्राथमिकता समूहलाई १ करोड ५० लाखलाई पहिलो डोज उपलब्ध गराउने बेलायत सरकारको लक्ष्य अनुसार उक्त खोप उपलब्ध गराइएको हो ।

यसैबीच पछिल्लो तथ्यांक अनुसार बेलायतमा २८ दिनयता कोभिडका कारण ३७३ जनाको मृत्यु भइसकेको छ । र १५ हजार ८ सय ४५ जना संक्रमित भए । पछिल्लो आइतबार भने तुलनात्मक रुपमा मृत्यु हुनेको संख्या कम देखियो ।

कोभिडविरुद्धको खोप सबैभन्दा पहिले विकास गर्ने देश बेलायत हो । तर खोप विकास भएसँगै कोभिडको दोस्रो भेरिएन्ट देखिनाले बेलायत नराम्ररी प्रभावित बन्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.