भारतको उत्तराखण्डमा अचानक कसरी गयो भीषण बाढी ?

भारतको उत्तराखण्डमा अचानक कसरी गयो भीषण बाढी ?

काठमाडौँ: भारतको उत्तराखण्डस्थित हिमाली क्षेत्रमा भीषण बाढी जाँदा ठूलो जनधनको क्षति भयो । आइतबार राति अवेरसम्म उद्धारमा खटिएका उद्धारकर्मीहरुका अनुसार ११ जनाको शव भेटिएको छ । र अझै २ सय भन्दा धेरै वेपत्ता भएको बताइएको छ ।

भारतीय च्यानलका अनुसार बाढीले गर्दा तपोबन बाँधलाई नष्ट पारेर बगाइदिएको थियो । हाइड्रो पावरलगायत ठूला भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

अचानक यस्तो घटना कसरी भयो भन्नेबारे विज्ञहरुले खोजी गरिरहेका छन् । दुर्गम स्थानमा भएकाले मानिस पनि जान कठिन यस क्षेत्रमा यस्तो घटना कसरी भयो भन्ने बारे भारतीय विज्ञहरुले खोजी गरिरहेका छन् ।

र यकिन विवरण समेत आइसकेको छैन । बीबीसी नेपालीले भारतीय विज्ञहरुको हवाला दिँदै तापक्रम वृद्धिका कारण विशाल चट्टान फुट्न गइ त्यसबाट बाढी निस्किएको जनाएको छ । देहरादूनस्थित भारतीय सरकारी वादिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका वरिष्ठ भूगर्भविद् डीपी धोबलले बीबीसीका लागि भनेका छन्, 'खुम्चँदै गरेका हिमनदीबाट छुट्टिएका त्यस्ता बरफका चट्टानलाई हामी 'डेड आइस' भन्नेगर्छौँ। त्यस्ता बरफका चट्टानमा ठूल्ठूला ढुङ्गा पनि रहेका हुन्छन् ।"

धोबलका अनुसार बाढी जानुको प्रमुख सम्भावित कारण यही नै हो । पानीसँगै धेरै हिलो तथा ढुङ्गा पनि बगेर आएको देखिएकाले यो कारण बलियो भएको उनको तर्क छ ।

केही विज्ञले कुनै हिमतालमा पहिरो आएको हुनसक्ने र त्यसकारण हिमताल विस्फोट भइ तेज गतिमा तल्लो तटीय क्षेत्रमा बाढी निम्तिएको हुनसक्ने बीबीसीको समाचारमा उल्लेख छ ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण पछिल्लो समय हिमनदी पग्लने हुँदा नयाँ हिमतालहरु निर्माण भइरहेको बताइन्छ । विशेषगरी हिन्दुकुश हिमालय क्षेत्रमा तीव्र गतिमा हिमनदी पग्लने हुँदा हिमतालहरु विस्तार भइरहेको धोबल बताउँछन् ।

बिस्तारै ती हिमनदी फुट्नसक्ने खतरा देखिन्छ । यसरी हिमनदी विस्फोट हुँदा ठूलो जनधनको क्षति हुने गर्छ ।

हिमाली क्षेत्रमा पहिरो गइरहने समस्याले पनि यस्ता दुर्घटना निम्त्याउने बताइन्छ । हिमनदीलाई पहिरोले थुन्ने र पानीको मात्रा बढ्दै गइ अचानक विस्फोट हुने खतरा विज्ञहरु औंल्याउँछन् ।

२०१३ मा पनि केदारनाथ तथा उत्तराखण्डका कतिपय ठाउँमा बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । त्यसबेला छौराबारी हिमताल विस्फोट भएकाले घटना निम्तिएको बताइएको थियो । यसपटक आइतबारको घटनापछि पनि यसका कारण र आगामी दिनमा यस्तै दुर्घटनाबाट बच्न कस्तो सावधानी अपनाउनुपर्ला भन्नेबारे छलफल र बहस गरिएको छ ।

त्यसो त विश्वव्यापी तापक्रम बढ्दै जाँदा भविष्यमा पनि यस्तै किसिमका अरु घटना पनि हुनसक्ने खतरा देखिएको विज्ञहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.