युद्ध र क्रान्तिलाई ‘द फेस अवार्ड’
काठमाडौं : ‘द फेस’ प्रतियोगितामा पुरुष मोडलतर्फ युद्ध बानियाँ र महिला मोडलतर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन्। यो प्रतियोगिता व्यावसायिक मोडल जन्माउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। २६ जना प्रतिस्पर्धीहरूलाई पाखा लगाएर युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि चुम्न सफल भएका हुन्।
प्रतियोगितामा फस्ट रनरअप कृपा अधिकारी र शीतल श्रेष्ठ तथा सेकेन्ड रनरअप स्वीकृति प्याकुरेल र हेमन जोशी भए। त्यस्तै, बेस्ट फ्रेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र शीतल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले हात पारे।
त्यसैगरी बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पब्लिक च्वाइससँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, पपुलर च्वाइस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले पाए।
वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगिताको निर्णायकमा अभिनेता अनुपविक्रम शाही, मोडल सिर्जना रेग्मी, क्रिकेटर विनोद दास, फोटोग्राफर राजभाइ सुवाल थिए।
कार्यक्रममा डिजाइनरहरूले नयाँ फेसन डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए। ह्युमन फिट क्राफ्ट, रिबेल डे, फेसन आमयारा, सोच बाई सुब्बा, लोगो फेसन, लेडी बोस, त्रिदेवीलगायतले तयार गरेको पहिरनहरूमा सजिएर प्रतियोगीहरू र्याम्पमा उत्रिएका थिए। आयोजक वी क्यान फ्लाईका सीईओ सम्सद शाहले नयाँ पुस्ताबाट व्यावसायिक मोडल जन्माउन प्रतियोगिता आयोजना गरेको जनाए।