दैलेखमा अवैध सालका काठ बरामद

दैलेखमा अवैध सालका काठ बरामद

दैलेख : डिभिजन वन कार्यालय दैलेखले अवैध ढंगबाट काटिएका सालको काठ बरामद गरेको छ ।

पछिल्लो तीन हप्तामा कार्यालयले एक सय २५ क्यू फिटभन्दा बढी चिरान र गोलिया काठ बरामद गरेको हो । कार्यालयले माघ पहिलो साता (माघ ५ गते) एक सय २४ थान अर्थात् ६५.२९ क्यू फिट चिरान काठ बरामद गरिएको जनाएको छ ।

ती काठ आठबीस नगरपालिका–१ नौखालबाट बरामद गरिएको कार्यालयका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले बताए । ट्याक्टरमा लोड गरी ओसार पसार गरिरहेको अवस्थामा प्रहरी चौकी पाल्तडाको प्रहरी टोलीले कामठ बरामद गरेको रावतले बताए । अवैध रुपमा सालको काठ ओसार पसार गर्ने चार जना माथी अनुसन्धान थालिएको डिभिजनल वन अधिकृत रावतले बताए ।

यस्तै माघ तेस्रो साता (माघ १७ गते) चामुण्डाविन्द्रासैनी नगरपालिका–३ स्थित चौतारा स्याउले सामुदायिक वनबाट २० थान सालको चिरान काठ बरामद गरिएको थियो । वन कार्यालयका कर्मचारी र समुहका वन हेरालुको संयुक्त टोलीले १६ क्यू फिट चिरान काठ बरामद गरेको बताईएको छ ।

सोही ठाउँबाट ५ थान अर्थात २६.७१ क्यू फिट गोलिया काठ बरामद गरिएको डिभिजनल वन अधिकृत रावतले जनाकारी दिए । वनमा लुकाइ छिपाइ राखेको अवस्थामा सालको काठ बरामद गरिएको हो । अवैध रुपमा सालको काठ राखेको आरोपमा सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष समेत रहेका मनबहादुर विक पक्राउ परेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

त्यस्तै नारायण नगरपालिका–७ किमुगाउँबाट समेत सालको काठ बरामद गरिएको छ । कार्यालयका डिभिजनल वन अधिकृत रावतका अनुसार १८.४६ क्यू फिट गोलिया काठ र दाउरा बरामद गरिएको छ । रुख काटिएको विषयमा थप  अध्ययन, अनुसन्धान भइरहेको डिभिजनल वन अधिकृत रावतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.