ल्होसारमा दुप्चेश्वर गाउँपालिकाको तीन दिन सार्वजनिक बिदा घोषणा

ल्होसारमा दुप्चेश्वर गाउँपालिकाको तीन दिन सार्वजनिक बिदा घोषणा

नुवाकोट: नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले तामाङ समुदायको मुख्य पर्व ‘सोनाम ल्होछार’को अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ ।

पूर्वी भेगमा रहेको दुप्चेश्वर गाउँ कार्यपालिकाको ६८ औँ बैठकले २८५७ औँ सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दुप्चेश्वर गाउँपालिका तामाङ समुदायको वाहुल्यता भएकाले यही माघ ३० गतेदेखि फागुन १ गतेसम्मका लागि सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बिहीबार जानकारी दिए ।

उनका अनुसार तामाङ समुदायको विशेष पर्व २८५७ औं सोनाम ल्होछार पर्व मनाउन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको हो । तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्छन् । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।

चन्द्रमास पात्रा अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

ल्होसारकै अवसरमा नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले पनि सोनाम ल्होछारको उपलक्ष्यमा दुई दिन सार्वजानिक विदाको घोषणा गरेको छ । गाउँपालिकाको यही माघ २६ गते बसेको बैठकले माघ २९ र ३० गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङले विभिन्न समुदायको सांस्कृतिक रितिरिवाज पालिकाको सम्पत्ति भएकाले यसको संरक्षण र सम्वर्द्धन गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । नेपाल सरकारले सोनाम ल्होछारको उपलक्ष्यमा यही माघ ३० गते सार्वजनिक बिदाको घोषणा गरिसकेको छ ।

तामाङ वाहुल्य बसोबास रहेका विभिन्न गाउँपालिकाहरुले पनि सार्वजानिक बिदा घोषणा गरिसकेका छन् । म्यागङ गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.