उदयपुरमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

उदयपुरमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

उदयपुर: उदयपुरको बेलका नगरपालिका ५ मा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजे ना ७ ख ६८९५ नम्बरको टिपरको ठक्करबाट घाइते भएका सोही ठाउँका ४१ वर्षीय खड्गबहादुर बिकको बिहीबार विराटनगरको नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।

साइकलमा सवार बिक र टिपर दुबै पूर्वतर्फ जाँदै गरेको अवस्थामा एक्कासी पछाडीबाट टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानमा खुलेको छ ।

जिप्रकाका डिएसपी बेदप्रसाद गौतमका अनुसार दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि विराटनगर पुर्‍याएइको थियो ।

प्रहरीले टिपर र चालक त्रियुगा नगरपालिका १३ भातीखर्कका ३७ वर्षीय सुरज लामालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.