पोखरै आएर बानियाँलाई मदन पुरस्कार अर्पण

पोखरै आएर बानियाँलाई मदन पुरस्कार अर्पण

पोखरा : मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार पोखरामै आएर लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि पुरस्कृत लेखक पोखरामा बस्दै आएका छन् । कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा अर्पण हुन सकेको थिएन । 

गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखक बानियाँलाई आरती गर्दै ताम्रपत्र अर्पण गरेका थिए । बानियाँले स्वास्थ्यका कारण काठमाडौं पुग्न असमर्थता देखाएपछि गुठीले पोखरामै पुरस्कार अर्पणको निर्णय गरेका दीक्षितले सुनाए । गुठीले प्रदान गरेको जगदम्बा श्री सम्मान पनि शनिबार नै भारत सिलगुढीमै पुगेर शान्ति ठटाललाई अर्पण गरिएको उनले सुनाए । 

‘कोरोना भाइरसले गुन लगायो । मलाई पुरस्कार दिन पोखरा आउनुहुन्छ भन्ने थाहा पाएको भए त म बेनी नै आउनुस् भन्थें नि ! पोखरा किन भन्थें ?’ बानियाँले भने । म्याग्दीको बेनी नगरपालिकाका स्थायी बासिन्दा बानियाँ केही वर्षयता भने पोखरा बस्दै आएका छन् । उनले लेखेको उपन्यास पर्वत राज्यको इतिहास सम्बन्धी हो । बानियाँले उपन्यास पनि पोखरामै बसेर लेखेको सुनाए । महारानीबाहेक बानियाँका भौंज्याहासहित ४ वटा कृति प्रकाशित छन् । 

गुठीका अध्यक्ष कुन्द दीक्षितले लेखककै सहरमा पुरस्कार अर्पण गर्न पाएकोमा खुसी प्रकट गरे । पोखराका कवि तीर्थ श्रेष्ठले कार्यक्रमका लागि विद्वत प्रवचन प्रेषित गरेका थिए । पत्रकार अमृत सुवेदीले उनको प्रवचन बाचन गरेर सुनाए । 

यसअघि पोखराका सरुभक्तले २०४८ सालमा पागल बस्तीका लागि मदन पुरस्कर जितेका थिए । ‘मंगली कुसुम’ कीर्तिका लागि पोखराकै धर्मराज थापाले २०२५ सालम उक्त पुरस्कार पाएका थिए भने सबैभन्दा पहिला मदन पुरस्कार पाउने पोखरेली लेखक मुकुन्दशरण उपाध्याय हुन् । उनको कृति प्राकृत पोखरा २०२१ सालमा पुरस्कत भएको थियो । गण्डकी प्रदेशबाट मदन पुरस्कार पाउने बानिया चौंथो लेखक हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.