मोरङको भुल्केमा जलरंग महोत्सव

मोरङको भुल्केमा जलरंग महोत्सव

प्रायजसो शान्त वातावरणमा बसेर रंग र कुचिसँग खेलीरहने चित्रकार शनिबार भने मोरङ जिल्लाको भुल्के सिमसार क्षेत्रको भीडभाडमा जम्मा भएका थिए। देशका विभिन्न ठाउँमा बसेर वाटरकलर पेन्टिङमा सक्रिय चित्रकारले शनिबार सिमसार क्षेत्रको विभिन्न ठाउँ कुनामा बसेर त्यहाको सुन्दरतालाई चित्रमा उतारेका हुन्। 

कोहिको स्केचमा अलि पर सेल्फी खिचिरहकी युवती अटाएकी थिइन्।  कोहिकोमा पिकनिकमा नाचिरहेको युवाको भीड।  कोहिले अस्ताउँदो घाम र जंगलमा देखिएको छायालाई चित्रमा समेटे। प्रायजसो चित्रकारले पोखरीको वल्लो कुनामा बसेर पारीपट्टिको सुन्दरतालाई चित्रमा उतारे।

हरियो र कालो रंगलाई मिश्रण गरी सिमसार पोखरीमा देखिएको पानीलाई चित्रमा उतार्ने प्रयासमा थिए भारत जलपाइगुढीका अम्लेश मजुम्दर। उनले सिमसार बाट अलि पर कालो देखिएको पातलाई उतार्नको लागि कुची बडो जतनले चलाइरहेका थिए। धरानका महेन्द्र राई पनि ध्यानमग्न मुद्रामा पेन्सिलले स्केच कोरिरहेका थिए। पोखराका एन वी गुरुङ आफ्नो चित्रमा पोतिएको रंगलाई टलक्क टल्काउन प्रयासरत थिए। मोरङ पथरीका स्थानीय चित्रकार तथा कलाकार पनि प्रत्यक्ष कला कार्याशालामा सहभागी थिए।

कार्यक्रमस्थलमा धिमाल जातीका कलाकार स्थानीय पहिरनमा चिटिक्क परेका थिए। उनीहरुले स्थानीय परिकार भक्का बनाएर सहभागी चित्रकारलाई चखाए। फरक दृष्य देख्दा भुतुक्क हुने चित्रकार भक्का पकाउदै गरेकी स्थानीय महिला देखेर मख्ख परेका थिए। उनको प्रोटेट बनाउनको लागि कलाकार पोज पोजको फोटो क्लिक गरिरहेका थिए। 

शान्ति सामुदायीक वन उपभोक्ता समूहको सहयोग र स्थानीय एभरेष्ट आर्ट फ्युजनको आयोजनामा जलरंग महोत्सव सञ्चालन गरिएको हो। कलाको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले कला र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्य राखी जलरंग महोत्सव गरिएको हो। 

महोत्सवमा सहभागीताको लागि नेपाल भारतका अनेक चित्रकार भुल्के सिमसारक्षेत्र पुगेका थिए। जसमा वाटर कलर चित्रकारीतामा सक्रिय कलाकार दिपेन्द्र बनेपाली, एनवी गुरुङ, डिवी राई, डि बराल, डिराम पाल्पाली, पवन राजवंशी, डिल्लीराम आले, प्रमोद दत्त, महेन्द्र राई, षडानन्द सुवेदी, सरोजा खड्की, समीक्षक मुकेश मल्ल लगायतको सहभागीता थियो। 

ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपती के के कर्माचार्य प्रमुख अतिथीको रुपमा सहभागी थिए। कर्माचार्यले गणेश भगवानको कलात्मक चित्र बनाउदै महोत्सवलाई औपचारिक रुपमा सुरु गरेका थिए। 

झापामा बसेर चित्र बनाउने चित्रकार होस् कि भक्तपुरमा मूर्ति कुदिरहेको मूर्तिकार देशका जुनसुकै ठाउँमा बसेपनि ऊ सच्चा कलाकार भएको बताउदै कर्माचार्यले चित्रकारिताको कोही ठुलो सानो नहुने भाव व्यक्त गरे। 

महोत्सवमा कला र पर्यटनलाई जोड्ने योजनाका साथ शान्ति भुल्के सिमसार र नगरको प्रयास, कला सस्कृति र पर्यटन प्रवद्र्धनको आभाष भन्ने नारालाई अघि बढाइएको थियो। एभरेष्ट आर्ट फ्युजनकी संस्थापक तथा ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सरोजा खड्कीले आफ्नो आमा बुवाको नाममा स्थापना गरेको विष्णु मिना ललितकला पुुरस्कार समेत वितरण गरिएको थियो। उक्त पुरस्कार स्थानीय स्तरमा बसेर आर्ट कर्ममा सक्रिय परम्परागत चित्रकलाका अगुवा विराटनगरका धुव्रनारायण डंगोललाई प्रदान गरिएको छ। १० हजार, मुहारचित्र, दोसल्ला र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको थियो। 

महोत्सवमै कला संस्कृति र पर्यटन शीर्षकमा मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेका सामुदायीक विद्यालयका माविस्तरका विद्याथीबिच चित्रकला प्रतियोगीता सम्पन्न भएको छ। प्रतियोगीतामा बविन लिम्बु प्रथम, हाङ्छा राई दोस्रो, सुमी राई तृतीय भए। 

कला समीक्षक मुकेश मल्लले चित्रकलाको विगत र वर्तमान अवस्थाका बारेमा जानकारीपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी कलाकार आउने ४ गते विराटनगरमा हुने विराट राजदरवार, इतिहास उजागर नामक चित्रकला कार्यशालामा समेत सहभागी हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.