कञ्‍चनपुर मालपोत र नापीका प्रमुखलाई स्पष्टिकरण सोधियो

कञ्‍चनपुर मालपोत र नापीका प्रमुखलाई स्पष्टिकरण सोधियो

महेन्द्रनगर: कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख र नापी कार्यालयका प्रमुखलाई विभागले स्पष्टिकरण सोधेको छ ।

गत माघमा जिल्लास्थित सरकारी कार्यालयको निरीक्षणको क्रममा मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीहरुले तोकिएको पोशाक नलगाएको, सेवाग्राहीमैत्री नभएको र कर्मचारी उपस्थित नभएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरेको थियो ।

प्रशासनको पत्राचारपछि दुबै कार्यालयका प्रमुखसँग विभागले स्पष्टिकरण सोधेको छ । भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख खेमराज खत्रीले मालपोत कार्यालयका केही कर्मचारीहरुलाई विभागबाट स्पष्टिकरण सोधिएको बताए ।

“गत माघमा सिडिओ साप निरीक्षणमा आएका बेला हाम्रा कर्मचारीहरुले पोसाक नलगाएको र भूलवश एक दिन अगाडीको हाजीरी गरिएको पाइयो ” मालपोत कार्यालयका प्रमुख खत्रीले भने “विभागबाट हामीलाई स्पष्टिकरण सोधिएको छ ।”

उनले कार्यालयका केही कर्मचारीहरुलाई विभागबाट स्पष्टिकरण सोधिएको बताए । नापी कार्यालय कञ्चनपुरका केही कर्मचारीलाई पनि विभागबाट स्पष्टिकरण सोधिएको छ । गत माघमा कार्यालय निरीक्षणको क्रममा पोशाक नलगाएको पाएपछि सम्बन्धित विभागको महानिर्देशकलाई पत्राचार गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

सरकारी कार्यालयहरु सेवाग्राहीमैत्री नभएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्लास्थित केही कार्यालयको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा कार्यालय प्रमुख वाहेक कुनै पनि कर्मचारीले पोशाक नलगाएको, केही कर्मचारीले हाजिरीमा केरमेट गरेको, भोलिपल्टको हाजिरी एक दिन अगाडी नै लगाएको र पूर्वस्वीकृति विना अनुपस्थित भएको पाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.