अछाममा युवाहरुले बनाइदिए विपन्‍नको घर

अछाममा युवाहरुले बनाइदिए विपन्‍नको घर

अछाम: अछाम साँफेबगरका युवाहरु मिलेर साँफेबगरकै एक विपन्न परिवारको घर निमार्ण गरिदिएका छन् । युवाहरुले सामूहिक रुपमा आर्थिक संकलन गरी साँफेबगर नगरपालिका ३ का नवराज ओडको घर निमार्ण गरिदिएका हुन् ।

कोरोना भाइरसले लकडाउन हुँदा समस्यामा परेका परिवारलाई राहत वितरणको क्रममा गाउँ जाँदा नवराजको परिवारको अवस्था दयनीय देखेपछि युवाहरुले आफ्नै पहलमा घर निर्माण गरेका हुन् । ओडको परिवारमा १३ जना सदस्य रहेको र आर्थिक अवस्था कमजोर भएकाले ब्ल्याक एन्जल्स युवाक्लबका दशरथ कुँवर, योगेश कुँवर, गोपाल कुँवर, विक्की चौहान, जर्ज कडायत लोकजन बोगटी लगायत युवाहरुको सक्रियतामा घर निर्माण भएको हो ।

ओडका छोराछोरी र आमासँगै सबै परिवार नै त्रिपालमुनी बसेको देख्दा पनि स्थानीय सरकारले बेवास्ता गरेपछि आफूहरु घर बनाउन लागि परेको युवा क्लबका योगेश कुँवरले बताए । उनले भने ‘गाउँतिर जाने क्रममा त्रिपाल हालेर बसेको देख्यौँ, सबै कुरा बुझ्दा नवराजसँग घर बनाउन सक्ने आर्थिक अवस्था नभएको थाहा भयो अनि क्लबका सबै साथीहरु मिलेर बरु छ महिना खाजा नखाने तर नवराजको घर निर्माण गरिदिने सल्लाह गर्‍यौँ ।’

ओडको घर ३ महिनामै क्लबकै खर्चमा निर्माण गरिएको क्लबका दशरथ कुवँरले बताए । आगामी दिनहरुमा पनि समाजको स्तरोन्नती र विपन्नको सहयोगका लागि ब्ल्याक एन्जल्सका यूवाहरु सदैव सक्रिय रहने कुँवरले बताए ।

बिचल्लीमा परेको आफ्नो परिवारलाई घर बनाइदिकएको भन्दै ओडले खुसी व्यक्त गरे । उनले भने,‘धेरैलाई गुहार गरे कसैबाट सहयोग भएन, मेरो परिवारको लागि यी युवाहरु भगवान सरह नै भए ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.