भागरथी हत्याकाण्ड : भानदेवलाई पछुतो लागेको त्यो दिन

भागरथी हत्याकाण्ड : भानदेवलाई पछुतो लागेको त्यो दिन

बैतडी : बैतडी दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन्। उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन्।

त्यस दिन विद्यालयको पोसाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने। कपाल पनि लामो भएको छ काटेर आउनू भने। ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के। भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन्। उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो।

भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे। सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ। उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे।

त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो। ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी। हामीले कपाल काटेर आउँछौं भन्यौं। उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भानदेवले स्मरण गरे।

भानदेवलाई त्यसै दिनको पछुतो छ। ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’, उनले भने। यी सबैको घर आउने बाटो भनेको भागरथीको हत्या भएको स्थान लवलेक वन हो। लवलेक वन क्षेत्र सकिनेबित्तिकै फरकफरक गाउँ जाने बाटो आउँछन्। तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो।

भानदेवसहितका तीनै जनालाई भागरथीले चाउचाउ किनेको र भीरकट्याको डाँडोमा बसेर खाएको थाहा छैन। ‘हामी त, सैलुनमा छिरिहाल्यौं, त्यसपछि भागरथीका बारेमा केही थाहा भएन’, भानदेवले भने।

भागरथीको बलात्कारपछि हत्या घटनाको अनुसन्धान पनि अहिले त्यही भीरकट्याको डाँडो आसपासमै रुमल्लिरहेको छ।

त्यस दिनको पछुतो सहपाठीहरूलाई मात्रै होइन, आफन्तलाई पनि त्यतिकै छ। आमा द्रोपती पछुताउँदै भन्छिन्, ‘त्यही दिनको ३, ४ बजेतिर लवलेक वनतिर खोज्न गएको भए सायद यस्तो हुन्थेन कि ?’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.