पूजा, सोना र रिन्जनको डेब्यु

पूजा, सोना र रिन्जनको डेब्यु

काठमाडौं : ‘चुरीफुरी’ फिल्मका हिरो–हिरोइन सार्वजनिक भएका छन्। हिरो हिरोइन गोप्य राखेर पुस अन्तिमबाट सुटिङ थालिएको फिल्मबाट मोडल अभिषेक श्रेष्ठले ठूलो पर्दामा डेब्यु गरेका छन्। ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा अभिषेकका साथमा नवप्रतिभाहरू–पूजा पन्त, सोना वज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत अहम् भूमिकामा रहेका छन्।

समसामयिक विषयमा हास्यप्रधान प्रस्तुति रहेको फिल्ममा नयाँ युवायुवतीका साथमा फिल्म तथा टेलिभिजनका कलाकर्मी रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), शूरवीर पण्डित, सुनिता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाललगायतले अभिनय गरेका छन्। 

नयाँ कलाकार अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताए। उनका अनुसार ‘चुरीफुरी’ को अडिसनमा आठ सय युवायुवतीले प्रतिस्पर्धा गरेका थिए। आरबी मुभिजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रीना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन्। 

राहुल राईले खिचेको फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ। नवीन निरौलाले सम्पादन गर्ने फिल्मको सुटिङ अन्तिम चरणमा पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.