भागरथी हत्या प्रकरण : चार दिनदेखि अभियुक्तमाथि अनुसन्धान केन्द्रित

भागरथी हत्या प्रकरण : चार दिनदेखि अभियुक्तमाथि अनुसन्धान केन्द्रित

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा उनकै छिमेकी किशोर पक्राउ परेका छन्। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता एसएसपी मुकेश सिंहले भागरथी घटनामा उनकै भाई नाता पर्ने र भागरथीले पढ्ने विद्यालय सनातन धर्म माविमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरिएको बताए। 

घटनाको दिन दिनेश खोचलेकदेखि भागरथीसँगै घर आएको थाहा पाएपछि प्रहरीले उनीमाथि पछिल्ला चार दिनदेखि अनुसन्धान केन्द्रित पारेको थियो। मंगलबार मात्रै दिनेशले, घटनास्थलमा पहिला लडाएर घाइते बनाएको र त्यसपछि बलात्कार गरेको साविति बयान दिएका प्रहरी प्रवक्ता सिंहले बताए। 

दिनेशले रिसिईबीका कारण भागरथीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। प्रहरीले, दिनेशलाई चार दिनदेखि खोचलेक प्रहरी चौकीमा बोलाउँदै बेलुकी छोड्दै गरेपनि मंगलबार मात्र पक्राउ गरेको थियो। 

प्रहरीले, आज दिउँसो अभियुक्तलाई सार्वजनिक गर्ने जनाएको छ। जिल्ला कार्यालय बैतडीमा डिआईजी उत्तमराज सुबेदी र एसएसपी जनकराज पाण्डेको रोहबरमा अभियुक्त सार्वजनिक गरिनेछ। प्रहरीले घटनामा दिनेशको मात्रै संलग्नता थियो वा अरु कोही थियो भन्ने कुरा भने बताउन चाहेन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.