चिसो मौसममा मोडलिङ

चिसो मौसममा मोडलिङ

काठमाडौं : क्रिएटिभ ड्रप्स र इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा राजधानीमा ‘फेसन पार्टी–२०२१’ आयोजना गरिएको छ। चिसो मौसमलाई चिर्दै मुनलाइट होटलको स्टेजमा हट मोडलहरूले र्‍याम्प नापेका थिए। 

जयन सुब्बा र सोफिया महर्जनको कारियोग्राफीमा २० महिला तथा चारजना पुरुष मोडलले विभिन्न डिजाइनरका पहिरन प्रदर्शन गरेका हुन्। भ्यालेन्टाइन विशेष, पार्टी वेयर र क्याजुअल सिक्वेन्समा पहिरन प्रदर्शन गरिएको थियो। 

पाँच सय दर्शकको उपस्थितिमा समन प्रजापति, नेपाल इन्स्टिच्युट अफ फेसन र टिपाज क्रियसनका डिजाइनरले मोडलका लागि पहिरन तयार पारेका हुन्। रोज सिप विकास तालिमका ब्युटिसियनले मोडल सिंगारेका थिए।

आस्ना श्रेष्ठ, निशा घिमिरे, नीतु सुनार, प्रसिष्मा बुढाथोकी, आसिमा बस्नेत, सुस्मिता गुरुङ, आदित्य कार्की, अन्वेश घिमिरे, परिश्रुत रजक, मातिउर रेहमानलगायतका मोडल र २२ जना बालबालिकाले र्‍याम्प नापेका थिए। दीपक घिमिरे, अमित गिरी पत्नीसहित र सोनिया विश्वकर्मा सो टपर्सका रूपमा उपस्थित थिए। धीरज तण्डुकार र मनीष शाक्यको संयोजनमा भएको कार्यक्रमका क्रिएटिभ हेड अमिज तुलाधर हुन्। 

फेसनको साथमा गायकगायिका र डान्सरहरूले माहोल संगीतमय बनाएका थिए। धीरज राई, सचिन रौनियार, दी साइन ब्यान्डले आफ्ना सांगीतिक प्रस्तुति पस्केका थिए भने यान्सु श्रेष्ठले नृत्य गरेकी थिइन्। डीजे सविनले उपस्थित दर्शकलाई नचाएका थिए। निकिता आचार्य र सोफिया महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.