गलवान झडपमा आफ्ना ५ जनमुक्ति सेना मारिएको चीनद्वारा स्वीकार

गलवान झडपमा आफ्ना ५ जनमुक्ति सेना मारिएको चीनद्वारा स्वीकार

बेइजिङ : गत जुन महिनामा गलवान उपत्यकाको सीमामा भएको झडपमा आफ्ना ५ जनमुक्ति सेनाको ज्यान गएको चीनले स्वीकार गरेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सो झडपमा ५ चिनियाँ सैनिक मारिएको जानकारी शुक्रबार दिइएको हो । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार ‘आफ्नो सम्प्रभुता रक्षा गर्ने क्रममा बलिदानी दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि’ भन्दै सरकारी पत्रिका पीएलए डेलीले ती सैनिकको बारेमा बिस्तृत जानकारी दिएको हो ।

चीनको सेन्ट्रल मिलिटरी कमिसनले काराकोराम पहाडमा ५ जना सैनिकको पहिचान भएको र उनीहरुलाई विभिन्न पदवीबाट पीएलएले सम्मानित गरेको छ ।

झडपमा २० भारतीय सैनिक मारिएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.