महाकाली घाटमा भागरथीको अन्तिम संस्कार

महाकाली घाटमा भागरथीको अन्तिम संस्कार

धनगढी : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टका आफन्तले शव बुझेर अन्तिम संस्कार गरेका छन्। 

परिवार भीत्रकै  भाइ नाता पर्ने १६ वर्षका दिनेश भट्टले हत्या र बलात्कार गरेको सरकारी वकिललाई बयान दिएपछि आफन्तले शुक्रबार शव बुझेका हुन। दिनेशलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक गरिएको थियो।

भागरथीको माघ २१ गते दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सनातन धर्म माविबाट घर आउने बेला, बाटोमा पर्ने लवलेक सामुदाययिक वनमा बलात्कारपछि हत्या भएको थियो।

माघ २२ गते उनको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो भने २३ गते उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। आफन्तहरुले भागरथीका बलात्कारपछि हत्या गर्नेहरु सार्वजनिक नहुँदासम्म शव नबुझ्ने अडान लिदै आएका थिए।

आफन्तले शुक्रबार १५ दिनमा शव बुझेका हुन्। प्रहरीले बलात्कार र हत्यामा सार्वजनिक गरिएका दिनेशले, उनका बुवाकै सामुन्ने सरकारी वकिलको कार्यालयमा आफुले नै बलात्कारपछि हत्या गरेको स्वीकार गरेपछि आफन्तहरुले शव बुझेका हुन।
भागरथीको शव बैतडी जिल्ला अस्पतालबाट सिधै महाकालीको घाटमा लगिएको थियो। 

परम्परा अनुसार, विवाह नगरेकी छोरीको शव सेरा घाटमा गाडिएको छ। भागरथीको शवयात्रामा आफन्तसँगै ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए। 

भागरथीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख दिने घोषणा गरेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.