इन्डोनेसियामा ४६ वटा ह्‍वेल माछा एकैचोटी मरे, जल प्रदुषणको चिन्ता

इन्डोनेसियामा ४६ वटा ह्‍वेल माछा एकैचोटी मरे, जल प्रदुषणको चिन्ता

जकार्ता: इन्डोनेसियाको समुद्री किनारमा अड्किएर रहेका ४६ वटा ह्‍वेल माछा शुक्रबार मरेका छन् ।

अधिकारीहरु उद्वारमा खटिए पनि जम्मा तीनवटा ह्‍वेललाई मात्रै बचाउन सम्भव भएका थिए । स्थानीय मिडियाका अनुसार बिहीबार मात्रै उत्तरी जाभामा रहेको मदुरा टापुस्थित समुद्री किनारमा ४९ वटा साना ह्वेल छटपटाइरहेका थिए ।

माछाहरु यसरी छटपटाएपछि स्वयंसेवकहरुसहित ठूलो संख्यामा उद्वारकर्ता खटाइएका थिए । तर किनारमा भेला भएको भीडका मानिसहरुले ह्वेललाई छुने र फोटो खिच्न व्यस्त देखिन्थे । जसले गर्दा पनि ह्वेललाई बचाउन कठिन भएको थियो ।

यति ठूलो संख्यामा ह्वेल मरेपछि राष्ट्रिय मुद्दा बनेको छ । स्थानीय अधिकारीहरुले यस घटनाबारे थप छानविन गर्ने जनाएका छन् । मानिसले समुद्रमा जथाभावी प्लास्टिक फाल्ने तथा अन्य किसिमका प्रदुषण गर्नाले पछिल्लो समय समुद्री जनावरहरुको जीवन जोखिममा पर्दैगएको बताइन्छ ।

गत वर्षको जुलाइमा पनि पूर्वी नुसा टेंगारा प्रान्तस्थित कुपुङ सहर नजिकै १० वटा ह्वेल मृत भेटिएका थिए । यस्तै २०१८ मा इन्डोनेसियामै मृत रुपमा भेटिएको एउटा ह्वेलको समाचारसँगै एसिया र विश्वभर नै जल प्रदुषण विरुद्ध एक प्रमुख मुद्दा उठेको थियो । जहाँ एउटै मृत ह्वेलको पेटभित्र १ सय भन्दा धेरै प्लास्टिक कप र २५ वटा प्लास्टिक झोला भेटिएपछि जल तथा वातावरणीय प्रदुषणबारे गहन बहस भएका थिए । साथै मानवीय गतिविधिको चर्को आलोचना र टिप्पणी समेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.