राजनीतिक स्थिरताका लागि निर्वाचन : उपप्रधानमन्त्री पोखरेल

राजनीतिक स्थिरताका लागि निर्वाचन : उपप्रधानमन्त्री पोखरेल

जनकपुरधाम : उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशमा राजनीतिक स्थिरताका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। उनले तोकिएकै मिति आगामी वैशाख १७ र २७ गते निर्वाचन हुन कसैले रोक्न नसक्ने दाबी गर्दै निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने बताए। 

‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्छन्। जनता भन्दा ठूलो कोही छैन, जनता भन्दा ठूलो न्यायधीशपनि होइनन्’, पोखरेलले भने, ‘त्यसैले ताजा जनादेशका लागि सबै तयार रहौं। राजनीतिक स्थिरताको लागि मध्यावधि निर्वाचन आवश्यक छ।’ 

धनुषाको जनकपुरधाममा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभाको उद्घाटन शत्रमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले देशमा राजनीतिक स्थिरताका लागि हुने निर्वाचनको तयारीमा रहन आग्रह गरे। 

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई धक्का दिएर म्युजिकल चेयरमा बसे जस्तै बस्न खोजेपछि संसद विघटन गरेर जनताको बीचमा जाने निर्णय भएको हो’, उनले थपे। 

पोखरेलले आफ्नै पार्टी भित्रका केही तत्वहरुले सरकारलाई काम गर्न नदिएकोले बाध्यात्मक अवस्थामा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको स्पष्ट पारे। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.