बढ्दै बलात्कारका घटना

बढ्दै बलात्कारका घटना

जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिका–७ ज्ञानकुपकी एक बालिका साइकल लिएर खेल्न हिँडिन्। तर, साँझसम्म पनि उनी घर फर्किनन्। यो घटना हो, २०७७ फागुन १ गतेको। उनले खेल्ने क्रममा साइकल हराइन्। आमा–बुवाको डरले घर नफर्की खेलिरहेको स्थानबाट नजिकै निर्माणाधीन सुनसान भवनमा पुगिन्। घरमा झ्याल, ढोका केही थिएन। त्यही मौका छोपी राति एक युवकले उनलाई जबरजस्ती बलात्कार गरे। बलात्कारपछि बेहोस भएकी बालिका बिहान रुँदै कराउँदै घर पुगिन्। बल्ल घटना बाहिर आयो। घटना बाहिरिएपछि युवकलाई प्रहरीले पक्राउ गर्‍यो। युवकसँग हराएको साइकलसमेत फेला पर्‍यो।

त्यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिकाकी १३ वर्र्षीया बालिकाको पेट दिनप्रतिदिन पेट बढ्दै गयो। गर्भ छ कि भन्ने शंकाका आधारमा स्थानीयले उजुरी दिए। 

उजुरीका आधारमा अधिकारकर्मीले प्रहरीको सहयोगमा बालिकाको उद्धार गर्‍यो। अनुसन्धानका क्रममा प्रहरीले बलात्कार गर्ने शम्भु भनिने ओमनारायण यादव र करणीमा सघाएको आरोपमा मुस्कान खातुनलाई पक्राउ गरेको छ। थप एक अभियुक्त फरार रहेको धनुषाका प्रहरी उपरीक्षक एसपी प्रकाश रानाभाटले जानकारी दिए। मुस्कान खातुनले पीडितकै घरमा डेरा गरी बस्ने यौन कार्यबाट ग्राहकबाट ५ सय लिने र २ सय रुपैयाँ प्रतिव्यक्ति आफू राख्ने गरेको अनुसन्धानबाट पत्ता लाग्यो। गत असारदेखि कात्तिकसम्म यादवसँग पैसा लिएर जबरजस्ती करणी गर्न लगाएकाले बालिका गर्भवती भइन्। 

गत असारमा धनुषाकै जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी कञ्चनकुमारी पजियारको बलात्कारपछि हत्या भयो। घटनामा बालिकाले भैंसी चराउन गएको बेला आँपको प्रलोभन देखाएर बगैंचामा लगेर बलात्कार गरेको देखियो। बलात्कारपछि हत्या गरेर शव दूधमती नदी किनारमा झाडीमा फालेको देखियो। घटनामा अभियुक्त भारतीय नागरिक दिपु सिंह पक्राउ परिसकेका छन्। 

त्यसैगरी बलात्कारबाट गर्भवती भएकी १३ वर्षीया छोरीलाई सानिमाको घर जाने भन्दै विराटनगरमा एक्लै छाडेर बेपत्ता भए। माघ २९ मा भारत बिहार राज्यअन्तर्गत सीतामढीका नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भान्टाबारी हुँदै विराटनगर पुर्‍याएर भागेको थियो। 

यी केही प्रतिनिधि घटना हुन्। विशेषगरी स–साना खेल्ने–कुद्ने उमेरका अबोध बालिकामाथि हुने क्रूर हिंसा बढी देखिन्छ। जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार धनुषामा मात्रै आर्थिक वर्ष २०७७/७८ को ८ महिनामा ७७ वटा जबरजस्ती करणीका घटना सार्वजनिक भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.