म्यानमारमा २ आन्दोलनकारी मारिएपछि झन् ठूलो प्रदर्शन

म्यानमारमा २ आन्दोलनकारी मारिएपछि झन् ठूलो प्रदर्शन

नपिद्व: म्यानमारमा सैन्य कू विरुद्धको आन्दोलन झन् सशक्त बनेको छ । आइतबार सहरमा दशौँ हजार नागरिकले प्रदर्शन निकालेका छन् ।

अघिल्लो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागी २ जना मारिनुका साथै ३० जना घाइते भएपछि प्रदर्शनकारीहरु स्वतस्फुर्त रुपमा सडकमा ओर्लिएका छन् ।

राजधानी लगायत विभिन्न सहर र नगरमा सेनाविरोधी प्रदर्शन जारी छ । म्यानमारको दोस्रो ठूलो सहर मन्डलायमा शनिबारको प्रदर्शनमा २ प्रदर्शनकारी मारिएका थिए । त्यसको प्रतिवादको रुपमा आइतबार फेरि झन् विशाल प्रदर्शन उठेको हो ।

यससँगै म्यानमारको सेनाको अन्तर्राष्ट्रिय रुपमा आलोचना र निन्दा हुन थालेको छ । विभिन्न देशका प्रमुखले समेत सामाजिक सञ्जालमार्फत म्यानमारको सैन्य कू को विरोध गरेका छन् ।

विशेषगरी शनिबारको प्रदर्शनमा २ जना प्रदर्शनकारी मारिएपछि अन्तर्राष्ट्रिय रुपमा सेना आलोचित बनेको छ । आइतबारको प्रदर्शनमा भने म्यानमारको सबैभन्दा ठूलो सहर यंगुनमा हजारौँ युवाहरुले सेनाविरोधी नारावाजी गर्नुका प्रदर्शन गरे भने मन्डलायमा हजारौँ नागरिकले शान्तिपूर्ण र्‍याली समेत गरे ।

सेनाले सत्ता छाड्नुपर्ने र नागरिकको सरकार कायम हुनुपर्ने उनीहरुको माग छ । कतिपय स्थानमा भने प्रदर्शनकारीले सुरक्षाकर्मीलाई हातमा फूल थमाउँदै सांकेतिक रुपमा विरोध जनाएका छन् ।

म्यानमारको सेनाले गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गत फेब्रुअरी १ मा सत्ता हत्याएको थियो । त्यस क्रममा नेत्री आन सान सू ची सहित थुप्रै नेता तथा कार्यकर्तालाई सेनाले पक्राउ गरिसकेको छ । तर त्यसपछि नागरिकहरुले निरन्तर प्रदर्शन गर्दैआएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.