अछाममा वडाध्यक्षले संचालन गरेको मेडिकल सिल
अछाम: साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजी मेडिकल नियम विपरीत भन्दै प्रशासनले सिल गरेको छ ।
वडाध्यक्ष सागर सिंह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागि प्रशासनले सिल गरेको जनाएको हो ।
अनुगमनका क्रममा वडाध्यक्ष बाब्लीको मेडिकल नियम विपरीत सञ्चालन गरेको पाइएको थियो । मेडिकलबाट म्याद गुज्रेका औषधि र भेटेरीनरीका सामाग्री समेत विक्री गर्ने गरेको पाइएपछि कारवाही स्वरुप मेडिकल सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । बाब्ली नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।